IME Life
Beema Board

हकप्रदबापतको रकम जम्मा गर्न आधारभूत शेयरधनीलाई नारायणी डेभलपमेन्ट बैंकको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।

बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। बैंकको गत वर्ष असार ८ गते सम्पन्न विशेष साधारणसभाबाट चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको थियो। नेपाल धितोपत्र बोर्डले गत पुस १९ गते बैंकलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिइसकेको छ।

Prabhu
Crest

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम बैंकले आफ्नो हकप्रदबापतको रकम जम्मा गर्न आधारभूत शेयरधनीहरुलाई गत पुस २२ गते नै पत्राचार गरेको थियो। तर, हालसम्म पनि रकम जम्मा नगरेका आधारभूत शेयरधनीहरुलाई फागुन १५ गतेसम्म प्रतिशेयर १०० रुपैयाँका दरले आफूले हकप्रद शेयरबराबरको रकम बैंकको प्रभु बैंकमा रहेको बैंक खातामा जम्मा गर्न सूचनामा आग्रह गरिएको छ।

नारायणी डेभलपमेन्ट बैंकको प्रभु बैंकको रत्ननगर टाँडी शाखामा रहेको बैंक खाता ०२१००२०८६४२०००११ मा रकम जम्मा गर्न सकिने सूचनामा जानकारी गराइएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS