Connect IPS
IME Life

शुक्रराज ट्रपिकल अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद संकलन गर्ने सम्झौता गरेको हो ।

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरे ।

Prabhu
Crest

बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत २४सै घण्टा प्रदान गर्ने जनाएको छ । सो काउन्टरमा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यूआरमार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।

बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS