IME Life

जीवन बीमा प्रस्ताव फारममा बीमितको नक्कली हस्ताक्षर र ल्याप्चे कहिलेसम्म ?

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमालेखमा बीमित वा प्रस्तावकले भर्ने बीमालेखको प्रस्ताव फारम एकदमै महत्वपूर्ण दस्तावेज मानिन्छ। बीमकले बीमितबाट प्रस्ताव फारममा उल्लेखित विवरणको आधारमा बीमा जोखिमाङ्कन सम्बन्धी महत्वपूर्ण निर्णय लिने आधार तय गर्छ । व्यवहारमा भने हामी कहाँ अझै पनि जीवन बीमा प्रस्ताव फारमलाई कर्मकाण्डी वा फगत औपचारिकताको लागि मात्र यसका विवरणहरु जसोतसो उल्लेख गर्नुपर्छ भन्ने मानसिकता व्याप्त छ।

जीवन बीमा प्रस्ताव फारममा हुने हेलचक्र्याइँले कालान्तरमा बीमा दाबीको समयमा बीमित र बीमक दुबैलाई अप्ठेरोमा पारिदिन सक्छ। बीमा प्रस्ताव फारममा सोधिएका विवरण तथा जानकारीहरु प्रस्तावक वा बीमा चाहने व्यक्ति स्वयमले नै लेख्नुपर्छ, प्रस्तावक वा बीमा गर्न चाहने व्यक्तिकै हस्तलिखित विवरण सहित हस्ताक्षर समेत हुनुपर्छ। अनलाइन माध्यमबाट भरिने प्रस्तावको हकमा पनि प्रस्तावक व बीमा चाहने व्यक्ति स्वयमले नै प्रस्ताव फारमको विवरणहरु सत्य तथ्यरुपमा प्रविष्ट गर्नुपर्छ।

Prabhu
Crest

बिडम्बना नै छ, सधैंजसोको हतार भनौं वा लापरवाही भनौं अधिकांश प्रस्ताव फारमहरु बीमितले नभई अभिकर्ताले वा बीमकको कर्मचारीले नै बीमितको साटो फारममा विवरणहरु उल्लेख गरिदिन्छन् । विवरण लेख्ने मात्र नभएर बीमितको फर्जी हस्ताक्षर गर्ने बीमितको ल्याप्चे लगाउनुपर्ने ठाउँमा आफ्नै ल्याप्चे लगाई दिन्छन् ।

बीमकको कर्मचारी वा अण्डरराइटरले बीमालेखको प्रस्ताव फारमहरु विशेष गरी मुख्य प्रस्ताव फारम बीमित वा प्रस्तावकको व्यक्तिगत विवरण फारम स्वास्थ्य विवरण फारम र अभिकर्ताको प्रतिवेदनमा उल्लेखित हस्तलिखित अक्षरमा नजर डुलाएरै सबै फारम अभिकर्ता स्वयमले नै भरिदिएको हो वा बीमितले पनि भरेको हो भन्ने सहजै अनुमान गर्न सक्छन् । भौगोलिक दुर्गमता वा बीमितको व्यस्तताका कारण बीमित स्वयम् अभिकर्ताको कार्यालयमा आएर बीमा प्रस्ताव फारम भर्न र पेश गर्न नभ्याउन सक्छन् तर बीमितको प्रतिनिधित्व गर्दै अभिकर्ताले प्रस्ताव फारम भरिदिने र आफैंले बीमितको समेत हस्ताक्षर गरिदिने वा ल्याप्चे लगाई दिने काम गैर व्यवसायीक चरित्र हो । यसलाई सुधार्नुपर्छ, बन्द गरिनुपर्छ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालयहरुले सातवटै प्रदेश अन्तर्गतका जिल्लाहरुमा गरेको स्थलगत अनुगमनका क्रममा सबैजसो जीवन बीमकको बीमालेख सम्बन्धी फाइलमा प्रस्ताव फारममा उल्लेख गर्नुपर्ने विवरणहरु अधुरो भरिएको,बीमितको हस्ताक्षर र ल्याप्चे दुबै नभएको अवस्थामा फेला पारेको छ। यो सम्बन्धमा प्राधिकरणले बीमकसँग लिखित स्पष्टीकरण मागेर पहिलो पटकका लागि सचेत गराउने तयारी गरिरहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS