Connect IPS
IME Life

बैंकिङ क्षेत्रमा त्रसित पार्नेलाई कारबाही गर्न बैंक तथा वित्तीय संस्थाहरुको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका छाता संगठनले बैंकिङ क्षेत्रलाई लिएर त्रसित पार्ने अभिव्यक्ति दिनेलाई कारबाही गर्न माग गरेका छन्।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। ‘बैंकिङ क्षेत्रमा त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारवाही गर्न सरकारी निकायहरुलाई आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

Prabhu
Crest

अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको बैंकिङ क्षेत्रलाई दक्षिण एसियाकै सबल र उत्कृष्ट क्षेत्रका रुपमा स्थापित गर्न सहयोग गर्ने समस्त सरोकारवालाप्रति विज्ञप्तिमा आभार प्रकट गरिएको छ। ‘नेपालको बैंकिङ क्षेत्रले समग्र अर्थतन्त्र तथा मुलुकको आर्थिक विकासमा खेलेको भूमिकाका बारेमा हामी सबै अवगत नै छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाखभन्दा धेरै निक्षेप खाता र १८ लाखभन्दा धेरै कर्जा खाता सञ्चालनमा छन् । देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाले मुलुकको कुल ग्राहस्थ उत्पादनभन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादनबराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ सेवाहरु आफ्ना ६ हजार ४४१ शाखामार्फत देशभर प्रदान गर्दै आइरहेका छन् ।’

यसका साथै देशको दूरदराजमा गई ५७ वटा लघुवित्त संस्थाले २८ लाखभन्दा धेरै स–साना ऋणीलाई रु ४ खर्बभन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रुपान्तरणमा अहम भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ। ‘यी सबै संस्थाहरुले ८२ हजारभन्दा धेरै कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष २०७९÷८० मा बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारलाई रु. ३१ अर्बभन्दा धेरै राजश्व बुझाउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्वबमोजिम बैंक तथा वित्तीय क्षेत्रहरुले रु. ७७ करोडभन्दा धेरै विविध सामाजिक कार्यहरुमा खर्च गरेका छन् ।’

पछिल्लो समयमा यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भइरहेको र सामाजिक सञ्जालमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। ‘अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्तलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै नेपालको बैंकिङ क्षेत्र उदाहरणका रुपमा स्थापित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति÷नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ क्षेत्र पारदर्शीमात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं ।

यस संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौँ।’

बेला–बखतमा सामाजिक सञ्जालहरुमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरुमा ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना÷समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन विज्ञप्तिमा आग्रह गरिएको छ। यसका साथै आमसर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिनेहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्नसमेत सरकारी निकायहरुलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS