IME Life
Beema Board

११ सूचकमा सगरमाथा लुम्बिनी, शिखर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई दाँजेर हेर्दा: कुनमा को अब्बल ?

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नेपालमा स्थापित र पुराना निर्जीवन बीमा कम्पनी हुन् ।  ३ कम्पनीले आर्थिक वर्ष ८०/८१ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजी : कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष ८०/८१को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पुँजी २ अर्ब ६२ करोड रहेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पुँजी २ अर्ब ६५ करोड रहेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी २ अर्ब ८० करोड रहेको छ ।

स्पेशल रिजर्भ : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको स्पेशल रिजर्भमा २ अर्ब ६२ करोड रहेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्पेशल रिजर्भमा १ अर्ब ६५ करोड रहेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको स्पेशल रिजर्भमा २ अर्ब ५० करोड रहेको छ ।

महाविपत्ति कोष : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको महाविपत्तिकोषमा १७ करोड २७ लाख रहेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको महाविपत्तिकोषमा १३ करोड ४८ लाख रहेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको महाविपत्तिकोषमा १७ करोड ५९ लाख रहेको छ ।

रिटेण्ड अर्निङ्ग : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको रिटेण्ड अर्निङ्गमा २५ करोड ६५ लाख रहेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको रिटेण्ड अर्निङ्गमा ३१ करोड ४९ लाख रहेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको रिटेण्ड अर्निङ्गमा ७६ करोड ८८ लाख रहेको छ ।

अन्य इक्विटी: सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको अन्य इक्विटीमा ४२ करोड १६ लाख रहेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको अन्य इक्विटीमा ५२ करोड ७६ लाख रहेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको अन्य इक्विटीमा १ अर्ब १६ करोड ७४ लाख रहेको छ ।

कुल बीमा शुल्क आर्जन : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ९१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ९४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले १ अर्ब ५० करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

खुद बीमा शुल्क आर्जन : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७९ करोड ५९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ५५ करोड १४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड ७९ करोड २५ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

अभिकर्ता कमिशन : चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड ९७ लाख अभिकर्ता कमिशनमा खर्च गरेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ४२ लाख रहेको छ। त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको १ करोड ३९ लाख रहेको छ ।

खुद नाफा : दोश्रो त्रैमाससम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले २० करोड ८ लाख खुद मुनाफा गरेकोमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ करोड ११ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ३६ करोड ९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

प्रति शेयर आम्दानी : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक प्रति शेयर आम्दानी १५.३२ रुपैयाँ छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १८.९२ रुपैयाँ छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको २५.७२ रुपैयाँ छ ।

प्रति शेयर नेट्वर्थ : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रति शेयर नेट्वर्थ २३२.४५ रुपैयाँ छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९९.१५ रुपैयाँ छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको २६४.३६ रुपैयाँ छ ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।”

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS