IME Life
Beema Board

फागुन २० गतेबाट प्रभु इन्स्योरेन्सले कुषि, पशुपन्छी तथा जडिबुटी अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले कुषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । कम्पनीले फागुन २० गतेबाट फागुन २२ गतेसम्म उक्त तालिम संचालन गर्न लागेको हो । न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तीमा १ वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएका ईच्छुक व्यक्तिले यस तालिम लिन सक्नेछन् ।

यस तालिममा सहभागि हुनका लागि नेपाली नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि (नोटरी सहित) एवंम पासपोर्ट साइजको फोटो ४ प्रति र संस्थाको हकमा सिफारिस पत्रसहित फागुन १७ गतेभित्र फाराम बुझाइसक्नु पर्नेछ ।

Prabhu
Crest

अभिकर्ता तालिमका लागि ७ सय रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । तालिम बिहान ९ बजेदेखि ५ बजेसम्म संचालन गरिने र परीक्षा संचालन भने फागुन २२ गते मंगलबार बेलुका ५ बजेदेखि साढे ६ बजेसम्म भर्चुअल माध्यम मार्फत हुने कम्पनीले जनाएको छ ।

यस तालिम तथा परीक्षामा सहभागि हुन ईच्छुक व्यक्तिहरुले प्रभु इन्स्योरेन्सको केन्द्रीय कार्यालय, तिनकुने, काठमाडौंमा टेलिफोन तथा इमेल मार्फत सम्पर्क गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS