IME Life
Beema Board

स्वरोजगार लघुवित्तको वार्षिक साधारणसभा आह्वान, लाभांश र एफपीओ मुख्य अजेन्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको बुधबार (फागुन २ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा फागुन २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको हात्तीसारस्थित नेपाल हाउसमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश छन्।

Prabhu
Crest

सभाले सर्वसाधारणमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। बोनस शेयर वितरण र एफपीओ जारीपछि संस्थाको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम संस्थाको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले अन्य एक वा एकभन्दा बढी लघुवित्त संस्थासँग मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ संस्थाले फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब फागुन १० गते (फागुन ११ गते शुक्रबार र फागुन १२ गते शनिबार)सम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा लिन योग्य हुनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS