IME Life

लाभांश पारित सहित रिलायबल लाइफको एजिएम सम्पन्न, दुई संचालक निर्विरोध निर्वाचित

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएको हो । सभा, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सभाले संचालक समितिको सातौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, नाफा, नोक्सान, हिसाव नगद प्रवाह वित्तीय विवरण २०७९ श्रावण १ गतेबाट २०८० आषाढ मसान्त सम्मको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

सभाले यस कम्पनीको सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडको २०७९/०८० को वित्तीय विवरणहरु सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गरेको छ । कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण समितिबाट सिफारीस गरीएका लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (हालका लेखापरीक्षक श्री केएएस एशोसिएट्स पुनः नियुक्तिको लागि योग्य नहुने प्रस्ताव पारित गरेको छ ।

Crest

सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० सम्मको वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी ४ अर्बको ०.८४ प्रतिशतले हुने रकम कर प्रयोजनका लागि नगद लाभांश र ४ अर्बको १६ प्रतिशतले हुने बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ को दफा १४ (५) बमोजिम उप समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको भत्ता अनुमोदन गरेको छ । साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरु डा. भिष्म कार्की र दिवेश लोहनीलाई निर्विरोध निर्वाचित गरेको छ ।

सभाले बोनश शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी रु ४ अर्ब ६४ करोड पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६ (ख) मा भएको तत्कालिन चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । संशोधित प्रबन्धपत्र अभिलेख गर्ने क्रममाः नियमनकारी निकायहरुबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

92%

खुसी

8%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS