IME Life
Beema Board

निर्जीवन बीमकहरुको नाफा पौने ३ अर्ब माथि, सबैभन्दा बढी कमाउनेमा नेपाल इन्स्योरेन्स

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाल संचालकनमा रहेका १४ वटामध्ये १३ वटा निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ८०/ ८१ को वित्तीय विवरण प्रकाशन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नाफा ४५ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्ष यी कम्पनीहरुले १ अर्ब ९१ करोड ७० लाख ३६ हजार रुपैयाँ मुनाफा आर्जन गरेकोमा यस समिक्षा अवधिमा २ अर्ब ७९ करोड ८० लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । रिपोर्ट आउन बाँकी नेको इन्स्योरेन्स रहेको छ ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीले नाफा आर्जन गरेको छ । यस कम्पनीले गत वर्षको तुलनामा नाफा २३२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले ४९ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । समिक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीको नाफा १४ प्रतिशतले बृद्धि भई ४२ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको नाफा गत वर्षको तुलनामा ११७ प्रतिशतले बढेको छ । यस अवधिमा ३६ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले गत वर्षको तुलनामा मुनाफा शतप्रतिशतले बृद्धि गरी २५ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले यस अवधिममा २५ करोड ११ लाख मुनाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १९ प्रतिशतले बढेको हो ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नाफा गत वर्षको तुलनामा १५ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले २० करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस अवधिमा १८ करोड ४३ लाख नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ६३ प्रतिशतले बढी हो । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा गत वर्षको तुलनामा ५१ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा कम्पनीले १८ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्सले गत वर्षको तुलनामा नाफा ४८ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा कम्पनीले १३ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले यस अवधिमा १० करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ३९ प्रतिशतले बढी हो ।

सानिमा जिआइसी इन्स्योरेन्सले यस अवधिमा १० करोड ५५ लाख नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा २० प्रतिशतले बढी हो । एनएलजी इन्स्योरेन्स कम्पनीले यस अवधिमा ८ करोड ७५ लाख नाफा कमाएको छ । गत वर्षको तुलनामा क्रम्पनीको नाफा ५३ प्रतिशतले बढी हो । यस अवधिमा नेशनल इन्स्योरेन्स भने घाटामा रहेको छ । यस अवधिमा कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

67%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS