IME Life
Beema Board

प्रभु इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन शतप्रतिशतले बढ्यो, मुनाफा १० करोड ८६ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा अधिकांश सूचकमा बृद्धि देखिएको छ । कम्पनीको मुनाफा भने शतप्रतिशतले बढेको छ ।

१ अर्ब ३७ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १० करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३९ दशमलव ७६ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले महाविपत्ती कोषमा ८ करोड ९३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा ११ करोड ६२२ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ९० करोड ६१ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७६ करोड २६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १० प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४७ करोड ६८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ८६ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा ४२ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन शतप्रतिशत बढी हो ।

समिक्षा अवधिमा कम्पनीले २ करोड २४ रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४१ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

यस कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७९ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २०१ रुपैयाँ रहेको छ । पिइ रेसियो ५५ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS