IME Life
Beema Board

ओरिएन्टल इन्स्योरेन्सको नाफा २६.८३ करोड, १३.२८% ले बढ्यो खुद बीमाशुल्क आर्जन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले २५ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १२ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो हिसाबले नाफामा १००.७२ प्रतिशतको बढोत्तरी भएको छ।

चुक्तापुँजी २५ करोड ११ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म स्पेसल रिजर्भमा १ अर्ब ३८ करोड रुपैयाँ नै रहेको थियो।

Prabhu
Crest

समीक्षा अवधिसम्म कम्पनीकोे महाविपत्ति कोषमा ४ करोड ७४ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ३९ लाख ३७ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ३ करोड ६२ लाख रुपैयाँ रहेको थियो भने रिटेन्ड अर्निङ ७ करोड ३४ लाख रुपैयाँले ऋणात्मक थियो।

समीक्षा अवधिसम्म कम्पनीले ७५ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष यही अवधिसम्म कम्पनीले ७० करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । कुल बीमाशुल्क आर्जन ७.७९ प्रतिशतले बढेको छ।

यो ६ महिनाको अवधिमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४३ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन १३.२८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले पुनर्बीमामार्फत २६ करोड ३१ लाख रुपैयाँ खर्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २६ करोड ६२ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो।

समीक्षा अवधिसम्म कम्पनीले ३ करोड १८ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले १ करोड ७२ लाख रुपैयाँ खर्चिएको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS