SKIP THIS

MLBL
IME Life
Beema Board

एलआइसी नेपालको नाफा ५९ प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन ८ अर्ब ६२ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एलआइसी नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ ।

२ अर्ब ६५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १३ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५९ दशमलव ७६ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले महाविपत्ती कोषमा ५२ करोड ४६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा २ अर्ब ७ करोड ५२ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ६३ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब  ७२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन घटेको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३ करोड ८५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा ८ अर्ब ६२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि घटेको छ ।

समिक्षा अवधिमा कम्पनीले ८८ करोड रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको छ ।

सोलभेन्सी रेसियो ४.५८ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS