IME Life

अरुण भ्याली हाइड्रोपावरले फागुन १७ बाट १००% हकप्रद बिक्री खुला गर्ने

SPIL
NIC ASIA

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आउँदो फागुन १७ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशत हकप्रद बिक्री खुला गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गर्नेछ।

Prabhu
Crest

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरमा आउँदो चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सीडीएससीको ‘मेरो शेयर’ पनि खरिद आवेदन दिन सक्नेछन्।

यो हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुक क्लोज गरेको थियो। यसको अर्थ माघ १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा खरिद आवेदन दिन पाउनेछन्।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS