IME Life

हिमालयन रिइन्स्योरेन्सको नाफा शतप्रतिशत बढ्यो, खुद बीमा शुल्क आर्जन २ अर्ब

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

१० अर्ब  शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ६० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९९.७३ प्रतिशतले वृद्धि भएको हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा सिर्षकमा ३ अर्ब १८ करोड रुपैयाँ संचित गरेको छ ।

पुष मसान्तसम्ममा कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० करोड  ९४ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १४६.५४ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले यस अवधिमा १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १५४.६५ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.०५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४७.३० रुपैयाँ रहेको छ ।

कम्पनीले ४ प्रतिशत बोनस शेयरको प्रस्ताव साधारणसभामा लैजादै छ भने सोही सभामा ८० प्रतिशत हकप्रद शेयरको प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

0%

दु :खी

0%

अचम्मित

11%

उत्साहित

11%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS