IME Life
Beema Board

हिमालयन लाइफको कुल बीमा शुल्क आर्जन ८ अर्ब, बीमा कोष ५८ अर्ब नाघ्यो

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८० /८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

८ अर्ब २ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ३४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८.२४ प्रतिशतले घटेको हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले महाविपत्तीकोषमा ४८ करोड ११ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १ अर्ब ३० करोड १३ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९ /८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ५२ अर्ब १२ करोड रहेको थियो । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार १२.२१ प्रतिशतले वृद्धि भएर ५८ अर्ब ४८ करोड पुगेको छ ।

पुष मसान्तसम्ममा कम्पनीले ८ अर्ब ९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ४६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ८.५१ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले यस अवधिमा ७ अर्ब ८९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब २८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.२९ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ६५ करोड ६३ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड ३६ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८.६३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२३.१३ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS