IME Life

कालिकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध, अझै ६३ प्रतिशत वञ्चित

SPIL
NIC ASIA

काठमाडौं । कालिकोटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा कुल जनसंख्याको ५३ हजार एक सय ३९ जना अर्थात ३७ प्रतिशत स्वास्थ्य बीमामा आबद्ध रहेका छन् भने अझै ६३ प्रतिशत मानिस स्वास्थ्य बीमाको पहुँच बाहिर रहेका छन् ।

२०७४ सालमा जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको थियो । ०७८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या १ लाख ४५ हजार २ सय ९२ छ । पुरुषको जनसंख्या ७२ हजार २ सय ४५ र महिलाको जनसंख्या ७३ हजार ४७ रहेको छ ।

Prabhu
Crest

जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपनि ९२ हजार १ सय ५३ अर्थात ६३ प्रतिशत नागरिकले सो कार्यक्रमबाट अझै लाभ लिन सकेका छैनन् । स्वास्थ्य बीमाका बारेमा स्थानीयलाई पुर्ण जानकारी नहुनु, एजेन्टहरु घर–घरमा नजानु र सम्बन्धित निकायले चासोका साथ कार्यक्रम कार्यान्वयनमा ध्यान नदिँनु जस्ता समस्याले जिल्लाका सबै नागरिकहरु स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् ।

सरकारले अपाङ्ग, अशक्त, कुष्ठरोगी, एचआइभी संक्रमित र जेष्ठ नागरिकको निशुल्क बीमा गर्ने व्यवस्था गरेको छ भने अन्यको शुल्क लिएर एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका यस्ता बर्गलाई बिमाले लाभ हुने भएपनि त्यसबारे जानकारी नै नहुँदा उनीहरु बीमा सेवाबाट बञ्चित छन् ।

बीमा कार्यालयका अनुसार ६ वर्षमा बीमा गराएका ५३ हजार १ सय ३९ मध्ये १७ हजार ६ सय १२ जनाले शुल्क तिरेर बीमा गराएका हुन् । ३१ हजार ८४ अतिगरिव, १ हजार ७ सय ४ अपांग, १ सय ५५ एचआइभि संक्रमित, ३० कुष्ठरोगी, २ सय ४ एमडिआरटिभि, २ हजार १ सय ४७ जेष्ठनागरिक र १ सय ७३ महिला स्वास्थ्य स्वयम सेविकाले स्वास्थ्य बीमा गरेका छन् ।

महिला स्वास्थ्य स्वयम सेविकाले बीमा रकममा ५० प्रतिशत छुट पाउने ब्यवस्था रहेको स्वास्थ्य बीमा कार्यालय कालिकोटका जिल्ला संयोजक सर्पराज रोकायाले बताए । जिल्ला महिला स्वास्थ्य स्वयम सेविका संख्या २ सय ९८ जना रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटल महतले बताए ।

ग्रामीण क्षेत्रका स्थानीयको आर्थिक अवस्था कमजोर रहेको र उपचार खर्च जुटाउन नसक्दा अकालमा ज्यान गुमाउने समस्या रहेको भन्दै सरकारले २०७२ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS