SKIP THIS

MLBL
IME Life
Beema Board

मेट लाइफको कुल बीमाशुल्क आर्जन २.६८ अर्ब माथि, साढे ३३%ले बढ्यो नाफा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेट लाइफ (अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी)ले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३३.५३ प्रतिशतले बढेको छ।

Prabhu
Crest

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म महाविपत्ति कोषमा ४६ करोड ५२ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा ४४ करोड ५८ लाख रुपैयाँ थियो। महाविपत्ति कोषको आकार ४.३५ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा २५ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म जीवन बीमा कोषमा २३ अर्ब ८७ करोड १४ लाख रुपैयाँ थियो। जीवन बीमा कोषको आकार ६.११ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ५८ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म रिटेन्ड अर्निङमा २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ थियो।

पुष मसान्तसम्म कम्पनीले २ अर्ब ६८ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ५० करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ७.३४ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४० करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.३६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ६४ करोड ९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कुल दाबी भुक्तानी १ अर्ब ३८ करोड २९ लाख रुपैयाँ थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४ करोड ६६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी २ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीले २३ करोड ९३ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २३ करोड १६ लाख रुपैयाँ खर्चिएको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS