IME Life
Beema Board

नेपाल प्रहरीमा जवानदेखि खेलाडीसम्म नयाँ भर्ना खुल्यो, १ हजार ९५० जना माग

SPIL
NIC ASIA

काठमाडौं । नेपाल प्रहरीले जवानदेखि खेलाडीसम्म नयाँ भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गरी कुल १ हजार ९५० जनाका लागि दरखास्त आह्वान गरेको हो।

नेपाल प्रहरीले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। जसअनुसार जवान पदमा १ हजार ८५६ जना तथा कार्यालय सहयोगीअन्तर्गत भान्छे ५३ जना, हजाम ७ जना, कुचीकार २० जना र खेलाडी १४ जनाका लागि भर्ना खुलाइएको छ। खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा दरखास्त खुलाइएको छ।

Prabhu
Crest

यी पदमा दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको छ। जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातवटै प्रदेश प्रहरी तालिम केन्द्रमा र काठमाडौं उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त बुझाउन सकिन्छ।

खेलाडीहरुका लागि भने काठमाडौंको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मात्र दरखास्त फारम बुझाउनुपर्नेछ।

प्रहरी जवान पदका लागि कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ भने १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ। कार्यालय सहयोगीका लागि साधारण लेखपढ गर्न जानेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS