IME Life
Beema Board

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ६३ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उत्साहजनक प्रगति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा राम्रो ग्रोथ देखिएको छ ।

२ अर्ब ३० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १८ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६३ दशमलव ७२ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले महाविपत्ती कोषमा ६ करोड १६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा ३१ करोड २२ लाख ५ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३० करोड ६५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा कम्पनीको बीमा कोष ४ अर्ब १८ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब २२ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९३ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३० प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७५ करोड ५९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ३ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा ४६ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २७ प्रतिशतले बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले २ करा २६ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ०२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ९४ रुपैयाँ ८५ पैसा रहेको छ । सोल्भेन्सी रेसियो १.५ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS