IME Life
Beema Board

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ६३ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थसहित ६ दशमलव ३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षको लागि र रिक्त संस्थापक सञ्चालकको पदमा भएको नियुक्ति बाँकी अवधिको लागि अनुमोदन गर्ने प्रस्ताव पारित गगरेको छ ।

सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । सभाले संचालकको भत्ता तथा सुविधा बृद्धि गर्ने, सोही अनुसार नियमावली संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गरेको छ ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा संचालकहरु प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृतहरु तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले साधारण सभामा शेयरधनी महानुभावहरुले राखेका जिज्ञासा तथा सुझावहरुको जवाफ दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS