Connect IPS
IME Life
Beema Board

कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौं म.न.पा वडा नं.३,रानीबारीचोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस वुथ निर्माण गरि हस्तान्तरण गरेको छ । उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता मेण्डरको लागि आफ्नो पेशालाई सहज र व्यवस्थित बनाउनको लागि महानगरपालिका अन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त जुत्ता मेण्डर सर्भिस बुथ निर्माण गरिएको हो ।

उक्त बुथको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं ३ का वडा सदस्य सिता थापाले गरेकी हुन् । उक्त समुद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै वडा सदस्य थापाले अव्यवस्थित तवरले जुत्ता पालिस तथा मर्मत गर्ने व्यक्तिहरुलाई व्यवस्थित वनाउनको लागि बैंकले गरेको सहयोगलाई धन्यवाद ज्ञापन गरिन् । उक्त बुथ रानीबारी स्थित जुत्ता मेन्डर उपेन्द्र दासलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा अन्य महानुभावहरुको उपस्थिती रहेको थियो ।

Prabhu
Crest

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरुलाई एक व्यवस्थित स्थान प्रदान गरि उनिहरुको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस् भन्ने उद्देश्य रहेको बैंकले जनाएको छ । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS