IME Life
Beema Board

प्राधिकरणको अनलाइन सिस्टमका बावजुद पनि रोकिएन उधारो बीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमालेख निर्देशिका र निर्जीवन बीमा सम्बन्धी विभिन्न बीमालेखहरुमा बीमकले बीमित वा प्रस्तावकबाट पुरा बीमाशुल्क नलिई बीमालेख जारी गर्नुहुँदैन भन्ने प्रावधान छ। यो प्रावधानको पूर्ण पालना गरेर पुरा बीमाशुल्क प्राप्त नहुँदासम्म बीमालेख जारी नगर्न नेपाल बीमा प्राधिकरणले बीमकलाई निर्देशन समेत दिएको छ।

प्राधिकरणको निर्देशनका बावजुद बीमा कम्पनीले अझै पनि उधारोमा नयाँ बीमालेख जारी गरिरहेका छन् । प्राधिकरणले बीमकको केन्द्रिय कार्यालयमा गत असोज मसान्त पछि र शाखा कार्यालयहरुमा पौष महिनामा गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश बीमकले बीमाशुल्क प्राप्त भएको मितिभन्दा अगावै बीमालेख जारी गरेको फेला पारेको छ। जीवन बीमालेख निर्देशन २०७९ को दफा २०(१) को प्रावधान अनुसार बीमकले पुरा बीमाशुल्क नलिई बीमालेख जारी गर्न पाउँदैन ।

Prabhu
Crest

बीमा कम्पनीहरुले गर्ने कारोबारको विवरण वास्तविक समयमै प्राप्त गर्नका लागि प्राधिकरणले ठूलो लगानीमा नियामक सूचना प्रविधि प्रणाली(आइआरआइएमएस) स्थापना गरेको छ। यो प्रणालीमा बीमकले प्राधिकरणबाट माग गरिएको र नियमितरुपमा रिपोर्टिङ गर्नुपर्ने विवरण र तथ्या‌ंकहरु वास्तविक समयमै प्रविष्ट गर्नुपर्छ। वास्तविक समयकै कारोबार रिपोर्टिङ गर्नुपर्ने भएपनि बीमकले आवधिक कारोबार विवरणमा अब्बल देखिनका लागि उधारोमै पनि बीमालेख बिक्री गरिदिने प्रवृत्ती कायमै रहेको छ।

इन्स्योरेन्स खबरलाई प्राप्त प्राधिकरणको स्थलगत अनुगमन प्रतिवेदनमा विशेषगरी जीवन बीमा कम्पनीको शाखा उपशाखा कार्यालयहरुबाट बीमाशुल्क प्राप्त नै नगरी बीमालेख जारी गरिएको फेला परेको छ। ‘बीमा भएको एक देखि चार दिनपछिसम्मको मितिमा बीमाशुल्क प्राप्त भएको देखिन्छ’,स्थलगत सुपरिवेक्षणमा खटिएका प्राधिकरणको एक कर्मचारीले भने,’पहिले जति ठूलो संख्यामा फेला नपरे पनि अझैसम्म पनि उधारो बीमालेख बिक्रीको प्रवृत्ती हटेको छैन ।’

उधारो बीमालेख जारी गरेको सम्बन्धमा बीमकसँग लिखित स्पष्टीकरण माग्ने, कानूनी प्रावधानको उलंघन गर्दा कानूनी कारवाही हुने व्यवस्था प्रति सचेत गराउने र पुनः लापरवाही गरेको फेला परेको अवस्थामा जरिवाना सहितको कारवाही गर्न थालिएको प्राधिकरणले जानकारी दिएको छ।

सबै बीमकले कोर सफ्टवेयरमार्फत् नै बीमालेख जारी गर्छन् । बीमालेख जारी गरेपछि सफ्टवेयरमा वास्तविक समयमै बीमालेख सम्बन्धी सबै विवरण र तथ्या‌ंकहरु रेकर्ड भएर बस्छ। अर्कोतर्फ बैंकिङ कारोबार समेत अनलाइन नै हुने भएकाले बीमालेखवापतको बीमाशुल्क कुन मिति र कति बजेको समयमा प्राप्त भएको हो भन्ने यकीन गर्न कठिनाई हुँदैन । यस्तो अवस्थाका कारण बीमकले नियामकलाई ढाँट्न सक्ने अवस्था हुँदैन ।

जीवन बीमालेख निर्देशन २०७९ को दफा २०(२) को प्रावधान अनुसार बीमकले बीमाशुल्क प्राप्त भएको मितिभन्दा अगाडीको मितिदेखि लागू हुने गरी कुनै पनि बीमालेख जारी (ब्याकडेट) गर्नुहुँदैन । उदाहरणका लागि कुनै बीमालेखवापत बीमितबाट बीमकको खातामा २५ गते बीमाशुल्कवापतको रकम प्राप्त भएको छ तर बीमाशुल्कवापतको रकम प्राप्त हुनु अगावैको मिति अर्थात् २४ गते वा त्योभन्दा अझै अगाडीको मितिमा बीमालेख जारी गर्ने कार्यलाई ब्याकडेटमा अर्थात् पुरानो मितिमा बीमालेख जारी गर्ने कार्य भनिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS