IME Life
Beema Board

जाजरकोट भूकम्पः बीमकहरुले गरे करोडौंको दाबी भुक्तानी, १.२८ करोडको सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुले भूकम्प प्रभावितहरुलाई राहत वितरण गर्नुको साथै, बीमा दाबी भुक्तानी समेत गरेका छन् । गत कार्तिक १८ गते राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प भएको थियो । उक्त ठाउँमा गएर कम्पनीहरुले राहत सामाग्री वितरण तथा आर्थिक सहयोग गरी सामाजिक उतरदायित्व बहन गरेका छन् । बीमा कम्पनीहरु सामाजिक उत्तरदायित्व बहनमा अग्रसर छन् ।

यसैबीच जीवन र निर्जीवन बीमा कम्पनीहरुले कुल १ करोड २९ लाख ३६ हजार ८७४ दाबी भुक्तानी गरेका छन् । त्यस्तै, प्रधानमन्त्री उद्धार कोष, प्रदेश विपद कोष व्यवस्थापन कोष र राहत सामाग्री मार्फत कुल १ करोड २८ लाख ७४ हजार ११० रुपैयाँ बराबरको राहत वितरण गरेका छन् ।

Prabhu
Crest

जीवन बीमातर्फ दाबी भुक्तानी, राहत वितरण तथा सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको खर्च
जाजरकोटको भूकम्पमा ८ वटा जनाको मृत्यु दाबी परेको थियो । कम्पनीहरुले ८ वटा मृत्यु दाबी वापत २४ लाख ३३ हजार ७३७ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेका छन् । त्यस्तै, २० लाख रुपैयाँ प्रधानमन्त्री उद्धार कोष मार्फत, ५ लाख रुपैयाँ कर्णाली प्रदेश विपद कोष व्यवस्थापन कोष मार्फत र २५ लाख ३३ हजार ३४८ रुपैयाँ राहत सामाग्री मार्फत सहयोग गरेका छन् ।

नेशनल लाइफमा २ वटा दाबी परेको थियो । कम्पनीले उक्त दाबी वापत ३२ हजार ६५५ रुपैयाँ भुक्तानी गरेको छ भने कम्पनीले सामाजिक उत्तदायित्व वापत ११ लाख २ हजार ८८९ रुपैयाँ सामाजिक उत्तदायित्व वापत जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत हस्तान्तरण गरेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि २ वटा दाबी परेको थियो । कम्पनीले उक्त दावी वापत ११ लाख ६६ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले सामाजिक उत्तदायित्व वापत जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत ९ लाख ७८ हजार रुपैयाँको राहत सामाग्री सहयोग गरेको जनाइएको छ ।

एशिन लाइफले ५ लाख रुपैयाँ कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

सूर्यज्योति लाइफमा १ वटा दाबी परेकोमा कम्पनीले उक्त दावी वापत ३ लाख २७ हजार ६२ रुपैयाँ भुक्तानी गरेको छ । आइएमई लाइफले प्रधानमन्त्री उद्धार कोष मार्फत १० लाख रुपैयाँ सहयोग गरेको छ । सन नेपाल लाइफले १ लाख ९ हजार २०५ रुपैयाँ बराबर जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत राहत सामाग्री वितरण गरेको छ । सानिमा रिलायन्स लाइफले जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत ४ लाख ५० हजार रुपैयाँ राहत सामाग्री वितरण गरेको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफले ५ लाख रुपैयाँ बराबरको जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत राहत सामाग्री वितरण गरेको छ । प्रभु महालक्ष्मी लाइफमा १ वटा दाबी परेको थियो । उक्त दावी वापत कम्पनीले २ लाख ४ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको छ । साथै, कम्पनीले प्रधानमन्त्री उद्धार कोष मार्फत १० लाख रुपैयाँ सहयोग गरेको छ ।

सिटिजन लाइफमा २ वटा दाबी परेकोमा कम्पनीले दावी वापत ७ लाख ३ हजार २० रुपैयाँ भुक्तानी गरेको छ । साथै, कम्पनीले सामाजिक उत्तरदायित्व वापत जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत ४ लाख ८७ हजार १४३ रुपैयाँको राहत सामाग्री वितरण गरेको छ ।

निर्जीवन बीमातर्फ दाबी भुक्तानी, राहत वितरण तथा सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको खर्च
जाजरकोटको भूकम्पमा निर्जीवन तर्फ २८९ वटा दाबी वापत २ करोड २३ लाख ५६ हजार २४८ रुपैयाँ दाबी परेको थियो । कम्पनीहरुले २४३ वटा दावी वापत १ करोड ५ लाख ३ हजार १३७ रुपैयाँ भुक्तानी गरेका छन् भने ३३ वटा दावी वापत १ करोड ४३ लाख ७३ हजार २०६ रुपैयाँको दाबी भुक्तानी हुन बाँकी छ ।

कम्पनीहरुले भूकम्प प्रभावितहरुलाई ३७ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री उद्धार कोष मार्फत, २१ लाख ५० हजार रुपैयाँ प्रदेश विपद कोष व्यवस्थापन कोष मार्फत र २३ लाख ९० हजार ७६२ रुपैयाँ सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेका छन् ।

जसमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री उद्धार कोष मार्फत २५ लाख रुपैयाँ सहयोग गरेको हो । हिमालयन एभरेष्ट इन्स्योरेन्समा घर बीमा अन्तर्गत ५ वटा दाबी परेको थियो । कम्पनीले सबै भुक्तानी गरिसकेको छ ।  कम्पनीले प्रदेश विपत व्यवस्थापन कोष मार्फत १० लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

यूनाइटेड अजोडमा अग्नी सम्पत्ती बीमा अन्तर्गत २२ वटा दाबीवापत ३६ लाख रुपैयाँ परेको थियो । कम्पनीले १९ वटा दाबी वापत ११ लाख ९७ हजार २७ रुपैयाँ भुुक्तानी गरेको छ भने ३ वटा दाबी वापत २४ लाख २ हजार ९७२ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत ४ लाख ५८ हजार ५ सय रुपैयाँको चामल, खाने तेल ५० पेटी, त्रिपाल १०० थान, ब्ल्याङकेट १०० थान, पि फर्म ५ रोल हस्तान्तरण गरेको हो । नेको इन्स्योरेन्स कम्पनीमा सम्पत्ती घर बीमा अन्तर्गत १६ वटा दाबी वापत २२ लाख ९६ हजार ७२५ दाबी परेकोमा १६ वटा दाबीकै भुक्तानी गरिसकेको छ । साथै, कम्पनीले ८ लाख ६३ हजार ५ सय रुपैयाँ बराबर राहत वितरण गरेको हो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा सम्पत्ती घर बीमा अन्तर्गत ४० वटा दाबी वापत १ करोड ३३ लाख १८ हजार १५९ दाबी वापत ३० वटा दाबी भुक्तानी गरेको छ । अब कम्पनीले १० वटा दाबी वापत १ करोड१५ हजार २३४ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । साथै, कम्पनीले ६ लाख २५ हजार रुपैयाँ राहत वितरण गरेको छ ।

प्रभु इन्स्योरेन्समा सम्पत्ती बीमा ३ वटा र गार्हस्थ बीमा दाबी ४ वटा परेको थियो । सम्पत्ती बीमाको ३ वटा दाबी वापत १० लाख ५० हजार भुक्तानी गर्न बाँकी छ भने गार्हस्थ बीमा अन्तर्गत २ वटाको ५ लाख ४६ हजार ४ सय भुक्तानी भएको छ भने अब २ वटा गार्हस्थ बीमा दावी वापत ४ लाख ५० हजार भुक्तानी हुन बाँकी छ ।

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्समा सम्पत्ती बीमा अन्तर्गत २ वटा दाबी परेको थियो । कम्पनीले २ वटै दाबी वापत ३ लाख रुपैयाँ भुक्तानी गरेको छ साथै, कम्पनीले १२ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री उद्धार कोष मार्फत सहयोग गरेको छ ।

शिखर इन्स्योरेन्समा सम्पत्ती बीमा अन्तर्गत ४० वटा दाबी परेको थियो । कम्पनीले ३२ वटा दाबी वापत २५ लाख २० हजार ५९ रुपैयाँ भुक्तानी गरेको छ भने कम्पनीले ११ लाख रुपैयाँ बराबरको रकम प्रदेश विपद व्यवस्थापन कोषमा दाखिला गरेको हो ।

एनएलजी इन्स्योरेन्स कम्पनीमा सम्पत्ती बीमा अन्तर्गत २ वटा दाबी परेको थियो । कम्पनीले २ वटै दाबी वापत ६ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको छ । साथै, कम्पनीले ४ लाख ४३ हजार ७६२ रुपैयाँ राहत सामाग्री वितरण गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीमा प्राकृतिक प्रकोप, दुर्घटना अन्तर्गत मृत्यु दाबी वापत १५४ वटा दाबी परेको थियो । जसमध्ये कम्पनीले १४२ वटा दाबीको रकम भुक्तानी गरेको छ भने अब १२ वटा दाबीको रकम भुक्तानी हुन बाँकी छ । कर्णाली प्रदेश सरकारले कर्णालीबासीको प्राकृतिक प्रकोप, दुर्घटना बीमा गरिदिएको थियो । सोही अनुसार भुकम्पमा परी मृत्यु भएका १४२ जनाको हकवालाई जनही २ लाखको दरले कुल २ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

सानिमा जिआईसी इन्स्योरेन्समा अग्नी सम्पत्ती बीमा अन्तर्गत १ वटा दाबी परेको थियो । कम्पनीले १ वटा दाबी वापत १ लाख ५५ हजार भुक्तानी गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS