SKIP THIS

MLBL
IME Life
Beema Board

बोनस शेयरपछि ४२% हकप्रद ल्याउने एसियन लाइफको निर्णय, ५ अर्ब चुक्तापुँजी पुर्याउन अझै १७ करोड नपुग्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को बोनस शेयर जारीपछि चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको माघ १९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको बोनस शेयर वितरणपछि कायम हुन आउने चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको हो। आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरणको प्रस्ताव पारित भएपछि उक्त लाभांश वितरणपश्चात हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ।

Prabhu
Crest

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँको ७.७५ प्रतिशतले हुन आउने २४ करोड ४५ लाख ३५ हजार ७९० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ १ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ। कम्पनीले यो चुक्तापुँजीको ४२ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८.९४ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५.९४ रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन अझै १७ करोड २२ लाख ३२ हजार ४४४.०६ रुपैयाँ कम हुने देखिन्छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%

खुसी

38%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS