SKIP THIS

MLBL
IME Life
Beema Board

हालसम्म ७ बीमा कम्पनीहरुले घोषणा गरे लाभांश, कुन-कुनले कति दिँदैछन् बोनश र नगद ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म ७ बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । जसमध्ये चार वटा निर्जीवन बीमा रहेका छन् भने ३ वटा जीवन बीमा कम्पनी रहेका छन् । हालसम्म सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, एशिन लाइफ, नेपाल इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्स
कम्पनीले पहिलोपटक लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ०२६३२ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

यस कम्पनीले माघ १४ गते सातौँ वार्षिक साधारण सभा सम्पन्न गरी लाभांश अनुमोदन गरिसकेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०७९र८० को लाभांश घोषणा गरेको छ। कम्पनी गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८.६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख २२ हजार ४०० रुपैयाँबराबरको बोनस शेयर र ६.३७ प्रतिशतले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेको छ ।

यस कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि माघ १४ गते बुकक्लोज गरिसकेको छ । यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने १५ प्रतिशत लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले माघ २५ गते, बिहीबार, आफ्नो ३०औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

नेपाल इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९.७२ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९।९७ रुपैयाँबराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६.३१ रुपैयाँ बराबरको नगद लाभांश छ ।

यस कम्पनीले ७५औँ वार्षिक साधारणसभा पुस १३ गते नै सम्पन्न गरिसकेको छ ।

रिलायबल नेपाल लाइफ
कम्पनीले हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ।

यस कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १५ गते एक दिन बुकक्लोज गरिसकेको छ । यस अनुसार आज माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले सातौं वार्षिक साधारण सभा माघ २९ गते, सोमबार गर्ने भएको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी
यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट कुल १० दशमलव ८०१३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० दशमलव २६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसअनुसार माघ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन् । कम्पनीले आफ्नो ३० औं वार्षिक साधारण सभा फागुन ६ गते आइतबार गर्ने भएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनी
यस कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाखको ५ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिनुको साथै, प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले १८औं वार्षिक साधारण फागुन ३ गते गर्दैछ ।

एशिइन लाइफ इन्स्योरेन्स
यस कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत (१ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले भने साधारण सभा र बुक क्लोज मिति तय गरेको छैन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

17%

दु :खी

8%

अचम्मित

17%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS