SKIP THIS

MLBL
IME Life
Beema Board

एशियन लाइफको साझेदारीसँगै यती एअरले थप्यो दुई जहाज, यात्रुसेवालाई उत्कृष्ट बनाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एअरलाइन्सले बंगलादेशबाट खरिद गरेको दुईवटा एटिआर ७२–५०० टर्बोप्रोप विमान नेपाल आइपुगेको छ । यी दुई विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्सलाई मुख्य साभेदारको रुपमा भित्र्याएपछि थपिएको पूँजीको सदुपयोग गर्दै यतीले आन्तरिक उडान सेवाका लागि दुई वटा विमान थपेको हो । यी दुबै विमान थपिएसँगै यती एयरले धनगढी र सुर्खेत रुटमा समेत उडान शुरु गर्ने भएको छ ।

Prabhu
Crest

यती एयरले बंगलादेशको नोभो एयरसँग ८०५ र ८०६ उत्पादन दर्ता नम्बर भएको दुईवटा ७२ सिट क्षमता जहाज खरिद गरेको हो । विमान थप गरेसँगै यतीसँग एटिआर ७२– वायुयानको संख्या ७ पुगेको छ ।

कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले १ सातापछि नयाँ विमानबाट उडान सेवा दिइने बताए । यती एअरका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाकाले आन्तरिक उडान सेवा बिस्तारका लागि जहाज थप्ने योजना अन्तर्गत पहिलो चरणमा दुईवटा विमान आइपुगेको बताए । सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई १० वटा पुर्याउने योजना छ।

यतीले काठमाडौं, चन्द्रगढी, बिराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडान गर्दै आएको छ । यती एयरलाईन्सका पाइलटको टोलीले तेश्रो पटकको प्रयासमा विमान नेपाल ल्याउन सफल भएका हुन् । यसअघि दुईपटकसम्म पाइलटको टोली बंगलादेश गएपनि नोभो एयरले त्यहाँको नागरिक उड्ययनमा आवश्यक कानूनी प्रकृया पुरा गर्न बाँकी रहेकाले जहाज ल्याउने प्रयास सफल हुन सकेको थिएन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

6%

दु :खी

12%

अचम्मित

6%

उत्साहित

6%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS