IME Life

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा‍. बसौला बर्खास्त

SPIL
NIC ASIA

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा‍. दामोदर बसौलालाई बर्खास्त गरेको छ। माघ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले बसौलालाई बोर्डका कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यकारी निर्देशक बसौलालाई ११ बुँदे स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरणको सन्तोषजनक जवाफ नपाएको भन्दै मन्त्रिपरिषदले उनलाई निलम्बन गरेको थियो । बसौलालाई दोश्रो पटक पनि स्पष्टीकरण माग गरिएको थियो । स्पष्टीकरण माग गरिएको पत्रमा ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको थियो । तर, उनको स्पष्टीकरण चित्तबुझदो नभएपछि उनी विवादित हुँदै आएका थिए ।

Prabhu
Crest

यसपछि सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका निलम्बित कार्यकारी निर्देशक बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । मन्त्रिपरिषद बैठकले असोज २४ गते बसौलाविरुद्ध छानबिनका लागि भन्दै तीन महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतको आदेशविपरीत स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई हटाउनका लागि पुस २४ गते मन्त्रिपरिषदमा सिफारिस गरेका थिए । सोही सिफारिसअनुसार बसौलालाई हटाइएको हो ।

स्वास्थ्य बीमा बोर्ड लामो समयदेखि सरकारी उपेक्षाको शिकार बन्दै गएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS