SKIP THIS

MLBL
IME Life
Beema Board

‘मोटर बीमाको जोखिमसँग जोडिएको विषयवस्तुको बेग्ला बेग्लै बीमा गर्न नपाइने’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मोटर बीमा निर्देशन २०८० को मस्यौदामा बीमकले सवारीसाधन तथा सोको यात्री, चालक, सहचालक, परिचालक, चेकर, हेल्पर, सुरक्षाकर्मी तथा सो सवारी साधनमा काम गर्ने अन्य कर्मचारीको बीमा अलग–अलग गर्न नपाउने प्रावधान समावेश गरिएको छ।

यसअघि मोटरको बेग्लै र चालक तथा अन्य व्यक्तिको हकमा बेग्लाबेग्लै बीमालेख जारी गरेर बीमकले सस्तो बीमाशुल्कमा मोटर बीमासँग जोडिएको जोखिम बहन गर्दै आएका थिए । यसले बीमितको हकमा मोटर बीमावापतको खर्च सस्तो पर्ने भएपनि स्वयम् बीमकको लागि थोरै रकममा ठूलो जोखिम बहन गर्नुपर्ने अवस्था थियो । अब नीतिगतरुपमा नै प्राधिकरणले यस्तो अभ्यामा अंकुश लगाउने प्रयास गरेको छ।

Prabhu
Crest

प्रस्तावित मस्यौदामा १ वर्षभन्दा बढी अवधिका लागि मोटर बीमालेख जारी गर्न नमिल्ने प्रावधान समेटिएको छ। मस्यौदामा पछिल्लो वर्षको कुनै महिनाको निश्चित मितिमा बीमालेख नवीकरण गर्ने गरी त्यसवापत छोटो अवधिको बीमाशुल्क दरले त्यस्तो थप अवधिका लागि लाग्ने बीमाशुल्क लिई १ वर्षभन्दा बढी अवधिका लागि बीमालेख जारी गर्न सकिने व्यवस्था परिमार्जित निर्देशनमा व्यवस्था छ।

निर्देशनमा पूरा बीमाशुल्क नलिई मोटर बीमालेख जारी गर्न नपाउने व्यवस्था पनि राखिएको छ।प्रचलित कानून बमोजिम दर्ता भएको संगठित यातायात व्यवसायी संघसंस्थाहरु तथा सार्वजनिक यातायात सञ्चालन गर्ने कम्पनीमार्फत सवारी साधनको बीमा गराउन सकिनेछ । बीमकले सवारीसाधनको बीमा गर्दा सम्बन्धित प्रत्येक बीमितको नाममा छुट्टाछुट्टै बीमालेख जारी गर्नुपर्ने व्यवस्था मोटर बीमा निर्देशनमा गरिएको छ।

बीमा दाबी गर्दा बीमित स्वयंले नै दाबी फर्छ्यौट पूर्जामा हस्ताक्षर गरी रकम भुक्तानी बीमित स्वयं वा बीमितले मञ्जुरीमा दिएको व्यक्ति वा संस्थालाई भुक्तानी गरिने निर्देशनमा व्यवस्था गरिएको छ। यो प्रावधानले भने डिजिटल अर्थात् अभौतिक सेवा बिस्तार गर्दै लैजाने नेपाल बीमा प्राधिकरणको रणनीतिसँग मेल खाँदैन । केवाइसी (ग्राहक पहिचान भएका) अध्यावधिक रहेको बीमितको हकमा अभौतिक माध्यमबाट समेत बीमितले दाबी फर्छ्यौट पूर्जामा आफ्नो सहमति वा असहमति जनाउन सक्ने सुविधा प्रदान गर्न सके बीमितलाई दाबी भुक्तानी प्राप्त गर्न सहज हुनेछ। यसलाई बीमकको मोबाइल एप्स वा वेबसाइटमार्फत् दर्ता भएका वा अनलाइन लग इन आइडी लिएका बीमितको हकमा मात्र भए पनि खुला गरिनु उपयुक्त हुनेछ।

यसैगरी बीमकले मोटर बीमालेखको तालिकामा घोषित मूल्य, रक्षावरण गरिएका जोखिमहरु, बीमाशुल्क तथा बीमाशुल्क किटान साथ उल्लेख गर्नुपर्नेछ। व्यापक बीमालेख अन्तर्गत बीमा गरिने सवारीसाधनको बीमाको अतिरिक्त वा सवारीसाधनको चालक, सहचालक, परिचालक, चेकर, हेल्पर, सुरक्षाकर्मी तथा सो सवारीसाधनमा काम गर्ने अन्य कर्मचारी वा यात्रीको दुर्घटना बीमा वा जोखिम समूह समावेश गरिएकोमा त्यसको बीमा दर र बीमाशुल्क समेत छुट्टाछुट्टै उल्लेख गर्नुपर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS