IME Life
Beema Board

सिटिजन लाइफको सातौँ वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको नक्साल भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँबराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश छन्।

Prabhu
Crest

सभाले बोनश शेयर जारीपछि चुक्तापुँजी बढेर ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । संशोधित प्रबन्धपत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तवा सभाले अनुमोदन गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षणको प्रतिवेदन पनि सभाले अनुमोदन गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पनि स्वीकृत गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा दावा फुटी शेर्पा र भेज प्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS