SKIP THIS

MLBL
IME Life
Beema Board

पुङ्गी खोला सौन्दर्यकरणको कार्य सुरु, प्रमुख दाहालद्धारा शिलान्यास

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भरतपुर वडा नम्बर ३ र ४ को सिमानामा पर्ने पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरण गर्ने कार्यको शिलान्यास गरिएको छ । आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको उद्घाटन गरेकी हुन् ।

भरतपुर महानगरपालिकाको गौरवको आयोजना समावेश भएको पुङ्गी खोला सौन्दर्यकरणको पहिलो चरणको निर्माण कार्य नारायणी र पुङ्गी खोलाको दोभानबाट सुरु भएको हो।

Prabhu
Crest

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले पुङ्गी र केरुङ् ड्रेन महानगरपालिकाको गौरबको आयोजना भएको बताइन् ।

भरतपुरलाई सुन्दर र हेर्न लायक सहर बनाउने उद्देश्यअनुसार यी दुई खोलालाई हरियालीसहितको सौन्दर्यकरण गर्न लागिएको प्रमुख दाहालले स्पष्ट पारिन् । करिब ६ किलोमिटरमा रहेको पुङ्गी खोलाको १० महिनाअघि सिमाङ्कनको कार्य सुरु भएको थियो । भरतपुरको वडा नम्बर ११, २, ३ र ४ नम्बर भएर बघ्ने पुङ्गी खोलको हालसम्म ५ किमी सिमाङ्कन गर्ने काम सकिएको छ । बाँकी वडा नम्बर २ मा घर, टहरा परेकाले सिमाङ्कनमा सहज भएको छ ।

पहिलो चरणको निर्माण कार्यअन्र्तगत पुङ्गीको दोभानबाट ३५० मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिने छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन्।

यसका लागि रु १ करोड ७५ लाख र महानगरपालिकाको रु २ करोड २२ लाख ७४ हजार गरी रु ३ करोड ९७ लाखको लागनीमा निर्माण कार्य हुन लागेको हो । निर्माण कम्पनी टिएसएन गिरवान जेभी जोरपाटी काठमाडौँले ११ महिनामा काम सक्ने गरी रु २ करोड ४९ लाख ठेक्का पाएको छ ।

पुङ्गी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना हो । भरतपुरका सहरी क्षेत्रमा आकासे पानी व्यवस्थापन गर्न यी दुई नदीलाई वार्षिक रुपमा बजेट विनियोजन गर्दै निर्माण कार्य पुरा गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, ४ नम्बर वडा अध्यक्ष अर्पण पोखरेल, ११ का अध्यक्ष कमल मल्ल र १२ नम्बर वडाका अध्यक्ष लेखराज पन्तले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम पुङ्गी खोला संरक्षण समितिका संयोजक विकास थापाको अध्यक्षतामा भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS