SKIP THIS

MLBL
IME Life
Beema Board

प्रभु महालक्ष्मी लाइफले ल्यायो भीआरएस, ५६ वर्षका स्थायी कर्मचारीलाई विशेष सुविधा, यस्ता छन् अन्य सर्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कर्मचारी स्वेच्छिक अवकाश योजना (भीआरएस) सार्वजनिक गरेको छ।

साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफ एक–आपसमा गाभिएपश्चात बनेको प्रभु महालक्ष्मी लाइफले कर्मचारी स्वेच्छिक अवकाश योजना–२०८० ल्याएको हो। आपसमा गाभिएपछि कम्पनीमा भएका उच्च तथा व्यवस्थापकीय तहमा कार्यरत कर्मचारीहरु समायोजन, व्यवस्थापन र मिलान गरी वर्क इफिसिएन्ट मानव संशाधन संरचना बनाउन वाञ्छिनीय भएकोले कम्पनी सञ्चालक समितिको निर्णयबमोजिम कर्मचारी स्वेच्छिक अवकाश योजना ल्याएको हो।

Prabhu
Crest

स्वेच्छिक अवकाश योजनामा सहभागी हुन इच्छुक कर्मचारीले माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। यो योजनामा सहभागी हुन साविक प्रभु लाइफ वा महालक्ष्मी लाइफ इन्स्योरेन्समा १ वर्ष स्थायी सेवा अवधि वा सञ्चयकोष कट्टी हुने गरी सेवा प्रवेश गरेको १ वर्ष पूरा गरेको हुनुपर्नेछ।

यसैगरी निवेदन दिने अन्तिम मितिमा ३८ वर्ष पूरा ५६ वर्ष नपुगेको स्थायी वा सञ्चयकोष कट्टी हुने गरी नियुक्त कर्मचारी हुनुपर्नेछ। नायब प्रबन्धक वा सोभन्दा माथिका ‘स्थायी वा सञ्चककोष कट्टी गरी नियुक्त’ कर्मचारी हुनुपर्ने व्यवस्था यो योजनामा गरिएको छ।

अवकाश योजनाअन्तर्गत पाउने अतिरिक्त सुविधाबापत कर्मचारी तह (नायब प्रमुख कार्यकारी अधिकृतदेखि माथि), उच्च व्यवस्थापकीय तह (सहमहाप्रबन्धक–नायब महाप्रबन्धक) र प्रबन्धक तह (नायब प्रबन्धक–मुख्य प्रबन्धक)ले आधारभूत पाउने सुविधा ३ महिनाबराबरको रकम र सेवा अवधिका आधारमा आधारभूतमा पुनः थप पाउने सुविधाबापत प्रतिवर्ष ३ महिनाबराबरको तलब पाउनेछन्। तर, उपयुक्त गणनाबमोजिम हुने अतिरिक्त सुविधा रकम अधिकतम २४ महिनाभन्दा बढी नहुने कम्पनीले जनाएको छ।

उदाहरणका लागि यदि उपर्युक्त सर्तबमोजिम अवकाश लिने कर्मचारी नियुक्ति मितिदेखि अवकाश मितिसम्म २ वर्ष १ महिना सेवा अवधि भएमा न्यूनतम वा आधारभूत ३ महिनाबराबरको तलब सेवा अवधिअनुसार थप सुविधाबापत ९.२५ महिनाबराबरको खाइपाई आएको तलब तथा भत्ताबराबर रकम पाउने व्यवस्था योजनाअन्तर्गत गरिएको छ।

कम्पनीका नायब महाप्रबन्धकसम्म प्रमुख कार्यकारी अधिकृत र सोभन्दा माथि प्रमुख कार्यकारी अधिकृतको सिफारिसमा सञ्चालक समितिले स्वेच्छिक अवकाश निवेदन स्वीकृत गर्नेछ।

यो योजनाअन्तर्गत ५६ वर्ष उमेर पुगेका स्थायी कर्मचारीका लागि विशेष व्यवस्था गरिएको छ। कर्मचारी विनियमावलीबमोजिम अनिवार्य अवकाश प्राप्त हुने उमेर ५८ वर्षलाई गणना गरी सोबमोजिम उपदान प्रदान गरिने व्यवस्था गरिएको छ।

यसैगरी सवारीसाधन लिएको अवस्थामा अवकाश उमेर ५८ वर्ष गणना गरी बाँकी अवधिको सवारीसाधनको ह्रासकट्टीबापतको रकम ह्रासकट्टीपश्चातको रकम (डब्ल्यूडीभी)मा घटाई बाँकी रहेको रकम भुक्तानी गरी सम्बन्धित कर्मचारीको नाममा सवारीसाधनमा नामसारी गर्न लैजान दिइने व्यवस्था रहेको छ। ५८ वर्ष सेवा अवधि पुग्न बाँकीलाई ३ ले भाग गरी आउने अंकफलबराबरको मासिक तलब तथा भत्ता थप प्रदान गरिने व्यवस्था योजनामा रहेको छ।

यस्ता छन् अन्य सर्त

  • स्वेच्छिक अवकाश स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कम्पनीको हुनेछ। स्वीकृत नभएमा दाबी विरोध गर्न पाइने छैन।
  • अवकाश अवधि गणना गर्दा साबिक कम्पनीमा स्थायी÷नियमित वा सञ्चयकोष कट्टी हुने गरी नियुक्ति पाएको मितिदेखि गणना गरिनेछ।
  • स्वेच्छिक अवकाश लिने कर्मचारीहरुको सवारीसाधन सुविधा लिएको अवस्थामा ‘दफा २ बमोजिम थप हुने अवधि वा दुई वर्ष’ जुन कम हुन्छ सो अवधिबराबरको सवारीसाधनको ह्रासकट्टीबापतको रकम ह्रासकट्टीपश्चातको रकम (डब्ल्यूडीभी)मा घटाई बाँकी रहेको रकम भुक्तानी गरी सम्बन्धित कर्मचारीको नाममा सवारीसाधन नामसारी गरी लैजान दिइनेछ। तर, डब्ल्यूभीडीमा घटाई बाँकी रहेको रकममा लाग्ने प्रचलित कानुनअनुसार करको सम्बन्धित कर्मचारीले व्यहोर्नुपर्नेछ।
  • उपयुक्तबमोजिम स्वेच्छिक अवकाश लिएपश्चात यस प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा २ वर्षसम्म कुनै प्रकारका कर्मचारी वा परामर्श सेवामा प्रवेश गर्न पाइने छैन।

कम्पनीले ल्याएको योजनाको सुविधा पाउनेमा निवर्तमान सीईओ रमेशकुमार भट्टराई समूहका धेरै कर्मचारी रहेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS