IME Life
Beema Board

प्रभू महालक्ष्मी लाइफको निमित्त सीईओको जिम्मेवारी प्रसाईंलाई

SPIL
NIC ASIA

काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईंले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पदबाट राजीनामा दिएपछि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसाईंलाई सञ्चालक समितिको बुधबारको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

साबिक प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर भएर प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स अस्तित्वमा आउनु अघि प्रसाईं प्रभू लाइफको प्रमुख कार्यकारी अधिकृत थिए ।

Prabhu
Crest

चार्टर्ड अकाउण्टेण्ट समेत रहेका प्रसाईंले बीमा क्षेत्रमा आफ्नो करिअरको शुरुवात तत्कालीन बीमा समिति ( हालको नेपाल बीमा प्राधिकरण)बाट गरेका हुन् । बीमा समितिबाट राजीनामा पछि नेपाल लाइफ इन्स्योरेन्समा प्रवेश गरेका प्रसाई‌ंले त्यहाँ ४ वर्ष तीन महिना काम गरे । त्यस अवधिमा उनले ८ महिना प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

6%

दु :खी

0%

अचम्मित

6%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS