IME Life
Beema Board

सन् २१०० सम्म अमेरिकाका १५ हजार सहर ‘मानवशून्य’ बन्ने, यस्ता छन् कारण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन् २१०० सम्म अमेरिकाका हजारौँ सहर ‘मानवशून्य’ हुनेछन्। यो कुरा एउटा अध्ययनले खुलासा गरेको हो। यस्तो हुनुमा जलवायु परिवर्तन, जनसंख्या घट्दै जानुजस्ता मुख्य कारण हुनेछन्।

यतिखेर सुन्दर र जनसंख्या भएको देखिएका अमेरिकाका धेरै सहर खाली हुनेछन्। भवन, सडक, बिजुलीका पोल आदिमात्र बाँकी रहनेछन्। तर, ती सहरहरुमा मानव हुने छैनन्।

Prabhu
Crest

नयाँ अध्ययनमा यो शताब्दीको अन्त्यसम्ममा अमेरिकाका ३० हजार सहरमध्ये झन्डै आधा खाली भइसक्ने दाबी गरिएको छ। ती सहरको जनसंख्यामा १२ प्रतिशतदेखि २३ प्रतिशतले कमी आउनेछ। मानिस जन्मिँदैन भन्ने होइन तर उनीहरु राम्रो मौसम भएको, रोजगारी पाइने र खानाको प्रशस्त उपलब्धता हुने सहरमा बसाइ सर्नेछन्।

वातावरणीय रुपमा स्वस्थ सहरहरुमा जनसंख्या यति छिटो बढ्नेछ कि तिनीहरुको वरिपरि नयाँ सहरहरु निर्माण गर्नुपर्नेछ। यदि मानिसहरुलाई सहर छोड्नबाट रोक्छ छ भने स्थानीय प्रशासन र नगर योजनाकारहरुले नयाँ योजना बनाउनुपर्ने अध्ययनले सुझाव दिएको छ। ‘जुन गतिमा मौसम परिवर्तन भइरहेको छ, त्यसअनुसार धेरै प्रकारका आकस्मिक प्राकृतिक प्रकोपहरु आउनेछन्’, अध्ययनमा भनिएको छ।
‘प्राकृतिक प्रकोपहरुले बाली उत्पादन र अन्य रोजगारीलाई असर गर्नेछ। सबैभन्दा ठूलो समस्या यातायातको हुनेछ। किनकि कतै धेरै गर्मी हुनेछ भने कतै भयानक हिमपात हुनेछ। चक्रवाती आँधीका कारण धेरै सहर बाढीमा डुब्नेछन्। त्यसपछि ठूलो समस्या पिउने पानीको अभाव हुनेछ’, अध्ययनमा उल्लेख छ, ‘मौसममा यस्तो परिवर्तन हुँदा बिजुली पनि अवरुद्ध हुन्छ। यस्तो अवस्थामा सहरमा कसरी बस्ने ?’

मानिसहरु नजिकैको समृद्ध सहरहरुमा जानेछन्। यसको परिणाम मौसमको मार सामना गरिरहेका सहरहरुमा खाने र पिउने समस्या हुनेछ। जसलाई वैज्ञानिकहरुले ‘फुड डेजर्ट’ भनेका छन्। यसको मतलब त्यस्ता सहरहरुमा भवनहरु खाली हुनेछन्।

सन् २०२१ मा मिसिसिपीको ज्याक्सन क्षेत्रमा यस्तो अवस्था देखिएको थियो।

शिकागोको युनिभर्सिटी अफ इलिनोइसका सिभिल इन्जिनियरिङका विद्यार्थीले आफ्ना दुई सहकर्मी लरिन स्पियरिङ र सिबिल डेरिबलसँग मिलेर यो अध्ययन गरेका हुन्। जसमा यो प्रकाशमा आएको छ कि इलिनोइसको जनसंख्या पनि परिवर्तन हुनेछ। सबैभन्दा पहिले त्यहाँ यातायातको समस्या हुनेछ। त्यसपछि उनीहरुले अमेरिकाका ५० राज्यमा अध्ययन गरेका थिए। पछिल्लो २० वर्षका लागि अमेरिकी जनसंख्या डेटाको ट्रेन्डलाई अध्ययन गरे।

त्यसपछि यो डाटा दुई सेटमा रुपान्तरण गरियो। जसमा सम्भावित भविष्यमा जलवायुसम्बन्धी अवस्थाहरु समावेश थिए। त्यसपछि यो प्रकाशमा आयो कि मौसमका कारण अमेरिकाका धेरै शहरहरु खाली हुनेछन्। यो अवस्था ठूला सहरमा मात्रै हुने होइन अन्य साना सहर र गाउँमा पनि देखिने अध्ययनले निष्कर्ष निकालेको छ।

सहजकर्ताले अमेरिकाका ४३ प्रतिशत सहरले आफ्ना मानिस गुमाउँदै गएको बताएका छन्। यो शताब्दीको अन्त्यमा पुग्दा जलवायु परिवर्तनका कारण यो बढेर ६४ प्रतिशत पुग्नेछ। सबैभन्दा खराब अवस्था अमेरिकाको उत्तरपूर्वी र मध्यपश्चिम क्षेत्रहरुमा हुनेछ। टेक्सास र उटाह अहिले विकास हुँदैछन् तर तिनीहरुको अवस्था पनि २१०० सम्म खराब हुनेछ।

अहिले पनि अमेरिकामा यस्ता धेरै सहर छन्, जहाँ मौसमी परिवर्तनका कारण मानिस एक ठाउँबाट अर्को ठाउँमा सरिरहेको छ। कारण अत्यधिक गर्मी, अत्यधिक हिमपात वा लगातार बाढी हो। यो एक मात्र सहर हुने छैन, जुन मौसमको कारण खाली गरिनेछ। अन्य सहरको संस्कृति परिवर्तन हुनेछ। ‘त्यसैले विकास योजना परिमार्जन गर्नुपर्छ। किनकि मानिसहरु ठूलो मात्रामा विस्थापित हुनेछन्’, अध्ययनमा भनिएको छ, ‘अमेरिकामात्र होइन विश्वका १९५ देशमध्ये १८३ देशमा पनि यस्तो अवस्था आउन सक्छ।’ –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS