IME Life
Beema Board

घोराही सिमेन्टको वार्षिक साधारणसभाबाट १५% लाभांश पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको वार्षिक साधारणसभाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

दाङको घोराहीमा शनिबार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। जसमा चुक्तापुँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँबराबरको वोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद लाभांश रहेको छ।

Prabhu
Crest

सभामा घोराही सिमेन्टले प्रतिकूलताका बाबजुद आर्थिक वर्ष २०७९/८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्म १ अर्ब ४२ करोड २५ लाखबराबरको सिमेन्ट बिक्री गर्न सफल भएको अध्यक्ष पुरुषोत्तम लाल संघईले जानकारी दिए।

हाल कम्पनीको अधिकृत पुँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्तापुँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात कम्पनीको जारी तथा चुक्तापुँजीमा वृद्धि भई ४ अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ।

त्यस्तै कम्पनीको सञ्चालक समितिका सदस्य गोविन्दलाल संघई र हर्षवर्द्धन संघईले कार्य अवधि बाँकी हुँदै व्यक्तिगत कारणले २०८० कात्तिक २ गते राजीनामा दिएकाले सोही मितिमा रिक्त रहेको सञ्चालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघईले जानकारी दिए। योसँगै कम्पनीको संस्थापक समूहमा ५ जना सञ्चालक भएका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS