IME Life
Beema Board

इन्स्योरेन्स इन्स्टिच्युट नेपालका सञ्चालकहरु निर्विरोध निर्वाचित, घोषणा हुन बाँकी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन्।

संस्थाको पुस २७ गते पाँचौँ वार्षिक साधारणसभा हुँदैछ। सभाले संस्थापक समूहबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ। आज निर्वाचन अधिकृत अन्जन धितालले उम्मेदवारहरुको नामावली प्रकाशित गरेका छन्।

Prabhu
Crest

प्रकाशित नामावलीमा सञ्चालक समितिमा नेपाल बीमा प्राधिकरणबाट कार्यकारी निर्देशक राजुरमण पौडेल प्रतिनिधित्व गर्नेछन्। संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकमा शिखर इन्स्योरेन्सका सीईओ दिपप्रकाश पाण्डे, सिटिजन लाइफका सीईओ पोषकराज पौडेल, नेपाल पुनर्बीमा कम्पनीका निमित्त सीईओ दामोदर भण्डारी र मेट लाइफका सीईओ निर्मलकाजी श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ।

निर्वाचन कार्यक्रम तालिकाअनुसार उम्मेदवारहरुको अन्तिम नामावली भोलि बिहीबार ११ बजे प्रकाशन हुनेछ। भोलि दाबी विरोधपछि मात्रै अन्तिम नामावली सार्वजनिक हुने र शुक्रबार हुने वार्षिक साधारणसभामा सञ्चालकहरु निर्विरोध चयन भएको घोषणा हुनेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS