SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्सेमा ८ अंकको गिरावट, साढे ५ अर्बको कारोबार हुँदा ११३ कम्पनीको मुल्य बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लगातार दुई बजार घटेपछि हिजो बढेको बजारमा आज फेरी घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव ७१ अंकले घटेर २,०४९ को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको शेयर मुल्य बढेको छ भने १२८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजर १०१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको १९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १८ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिका पावर र सिंगटी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल वेयरहाउजिङका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ६ दशलमव ५६ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS