SKIP THIS

MLBL
IME Life
Beema Board

अंग्रेजी नयाँ वर्षको पहिलो दिन घट्यो शेयर बजार, १५९ कम्पनीको मुल्यमा गिरावट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अंग्रेजी नयाँ वर्षको पहिलो दिन आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव ७५ अंकले घटेर २,०६० को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको करोबार भएको छ । कम्पनीको २० करोड १३ लाखको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २० करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १७ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर र चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल वेयरहाउजीङका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ०९ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS