Connect IPS
IME Life

हालसम्म १११ कम्पनीले घोषणा गरे लाभांश, कुनले कति दिए शेयरधनीलाई प्रतिफल ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाभांशको सिजन शुरु भएसँगै धमाधम कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई दिने लाभांश धमाधम घोषणा गरिरहेका छन् । आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म १११ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमध्ये ३ वटा फाइनान्स कम्पनी १२ वटा वाणिज्य बैंक र १९ वटा म्युचुअल फण्ड छन् । १२ वटा माइक्रो फाइनान्स, ७ विकास बैंक, ३ होटल, १४ वटा हाइड्रोपावर कम्पनी र ४ इन्भेष्टमेन्ट कम्पनी, ८ उत्पादनमुलक एण्ड प्रशोधन कम्पनी, नन क्याटागोरी कम्पनी १८ वटा र ८ वटा मर्चेन्ट बैंक, १ निर्जीवन बीमा कम्पनी, अन्यमा दुई कम्पनी छन् ।

फाइनान्स कम्पनी
हालसम्म ३ फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स कम्पनीले लाभाश घोषणा गरेका हुन् । श्री इन्भेष्टमेन्ट फाइनान्सले गत वर्षको नाफाबाट ५ दशलमव ०५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने कर प्रयोजनका लागि समेत गरी ५ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

Prabhu
Crest

आइसीएफसी फाइनान्सले ६ दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने ६ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । मञ्जुश्री फाइनान्सले ५ दशमलव २६३ प्रतिशत बोनश शेयर वितरण गर्ने जनाएको छ भने ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

वाणिज्य बैंक
हालसम्म १२ वटा वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । यी बैंकहरुले आफ्नो गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक,एनआइसी एशिया बैंक र नेपाल एसबिआई बैंक हुन् ।

नबिल बैंकले आर्थिक वर्ष २०७९/८० का लागि आफ्नो सञ्चित मुनाफाबाट ११ प्रतिशत नगद लाभांश अर्थात प्रतिसेयर ११ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ । यसपालि बैंकले बोनश शेयर भने वितरण नगर्ने भएको छ । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको कूल ३० दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २९ प्रतिशत बोनश शेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश हो ।

त्यस्तै, एभरेष्ट बैंकले चुक्ता पूँजीको कूल २० दशलमव ५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनश शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको छ । सानिमा बैंकले चुक्ता पूँजीको कूल १४ दशलमव ७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ९ प्रतिशत बोनश शेयर र ५ दशमलव ७ प्रतिशत नगद रहेको छ ।

माछापुच्छ्रे बैंकले हाल कायम चुक्ता पूँजीको कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १३ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५ दशलमव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । बैंकले कुल ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल एसबिआई बैंकले हाल कायम चुक्ता पूँजीको कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कुलमध्ये ३.७५ प्रतिशत बोनश शेयर दिने भएको छ भने ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) दिने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको मुनाफाबाट ५ दशलमव ५ प्रतिशत नगद लाभांश र ५ दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशलमव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

अन्यमा
अन्य समुह अन्तर्गत दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा नेपाल टेलिकम र सेक्यिुड सेक्यिुरिटिज रहेको छ । नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश दिने भएको छ भने सेक्यिुड सेक्यिुरिटिजले १०० प्रतिशत बोनश र ५ दशमलव २६ प्रतिशत नगद दिने भएको छ ।

म्युचुअल फण्ड
आर्थिक वर्ष २०७९ /८० को लागि हालसम्म १९ वटा म्युचुअल फण्डले आफ्ना इकाईधनीहरुलाई दिने प्रतिफल घोषणा गरेका हुन् । अधिकांश फण्डको लाभांश अघिल्लो वर्षको तुलनामा गत वर्षमा बढेको छ । एनएमबि हाइब्रिट फण्ड एल १ ले इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । एनएबि ५० ले पनि १५ प्रतिशत, प्रभु सेलेक्ट फण्डले ९ दशलमव ५ प्रतिशत, सानिमा इक्विटी फण्डले १८ प्रतिशत, एनआइबिएल प्रगति फण्डले ६ दशलमव ८ प्रतिशत, सिटिजन म्युचुअल फण्ड २ ले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन ।

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत, सिद्धिार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ६ दशलमव ५ प्रतिशत, कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डले कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो वर्ष भने यस फण्ड आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट अफ्ना इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

लक्ष्मी उन्नती कोषले ९ दशलमव ५ प्रतिशत, लक्ष्मी इक्विटी फण्डले ८ प्रतिशत र एनआईबिएल सहभागिता फण्डको ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । नविल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ९ दशलमव ६ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई कर सहति ५ प्रतिशतका दरले हुन आउने रकम ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

त्यस्तै, एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित दुईवटा योजनाले पनि लाभांश घोषणा गरेका छन् । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र ८०को मुनाफाबाट एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फन्डको लाभांश वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलले कर सहित एनआईसी एशिया ग्रोथ फण्डका इकाइधनीहरुलाई १० दशमलव ५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाइधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

होटल एण्ड टुरिजम
सोल्टी, ओरिएण्टल होटल्स र तारागाउँ रेजेन्सीले लाभांश घोषणा गरेका छन् । ओरियण्टल होटल्स लिमिटेडले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाखको ५ दशलमव २६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, सोल्टी होटल आर्थिक वर्ष २०७९/ ८० का लागि गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको कुल ३१.५८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने वोनस शेयर र करसहित २६ दशमलव ५८ प्रतिशत नगद लाभांश रहेको छ ।

त्यस्तै, तारागाउँ रेजेन्सीले गत वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनश शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

नन क्याटगोरी समुह
नन क्याटगोरी समुह अन्तर्गत हालसम्म १८ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । इक्रा नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९र८०का लागि हाल कायम चुक्ता पुँजीको ५९ दशलमव १० प्रतिशतले हुन आउने नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई कुल ४ करोड २५ लाख ५३ हजार ५३८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनीले आफ्ना शेयरधनीलाई ४ प्रतिशत बोनश शेयर र ० दशमलव २१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डले १ दशलमव ०५ प्रतिशत नगद लाभांश दिने भएको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमले २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

त्यस्तै, आशुतोष इनर्जीले ७ दशलमव ५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । केयर रेटिङ नेपालले ८० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नेशनल फण्ड म्यानेजमेन्टले ४ दशलमव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । नेपाल क्लीयरिङ हाउसले २८ दशलमव ५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने १ दशलमव ५ प्रतिशत नगद लाभाश वितरण गर्नेछ । पावर ट्रान्समिसन कम्पनीले १८ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।

त्यस्तै, कोष व्यवस्थापन कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने भएको छ । एनआरएन नेपाल डेभलपमेन्ट कम्पनीले ५ प्रतिशत नगद लाभांश, कर्जा सूचना केन्द्रले २० प्रतिशत नगद लाभांश, जगदम्बा स्पीनिङ मिल्सले १७ प्रतिशत बोनश र ० दशमलव ९१ प्रतिशत नगद लाभांश, नेपाल पावर एस्चेञ्जले ५ दशमलव २६ प्रतिशत नगद लाभांश, मेडिकेयर हस्पिटलले ४८ प्रतिशत बोनश र १४ प्रतिशत नगद लाभांश, नेपाल सिडिएस एण्ड क्लियरिङले १०० प्रतिशत नगद लाभांश र नेप्सले ६४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

निर्जीवन बीमा कम्पनी
एक निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

मर्चेन्ट बैंक
हालसम्म ८ वटा मर्चेन्ट बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसअनुसार प्रभु क्यापिटलले ६ दशलमव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सिटिजन क्यापिटलले १२ प्रतिशत नगद लाभांश, सनराइज क्यापिटलले ३० प्रतिशत, कुमारी क्यापिटलले १५ प्रतिशत र एनआइसी एशिया क्यापिटलले ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । त्यस्तै, आरबीबी मर्चेन्ट बैंकिङले १३ दशलमव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । एनएमबि क्यापिटलले १७ प्रतिशत नगद र एनआइएमबि एस क्यापिटलले २५ प्रतिशत नगद दिने भएको छ ।

लघुवित्त वित्तीय संस्था
आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म १२ वटा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५५ लघुवित्त संस्थामध्ये ११ लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन्। यी लघुवित्तले गत आर्थिक वर्ष २०७९र८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

हालसम्म जीवन विकास लघुवित्त छिमेक लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त, समता घरेलु लघुवित्त, साना किसान विकास लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स, धौलागिरी लघुवित्त, यूनिक नेपाल लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआइसी एशिया लघुवित्त, सपोर्ट लघुवित्त र आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था
यस लघुवित्तले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमध्ये १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष को नाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

सपोर्ट लघुवित्तले कम्पनीकोे कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनलिाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ६८२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीक चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रहेको छ ।

छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ५ प्रतिशत बोनश शेयर र १० प्रतिशत कर प्रयोजनका लागि समेत गरी नगद लाभांश वितरण गर्ने भएको हो ।

ग्लोबल आइएमई लघुवित्तले यस आर्थिक वर्षमा १० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको छ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई कुल ५ दशलमव ७०७६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यसमध्ये ५ दशलमव ४२२२ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको हो भने ० दशमलव २८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

साना किसान विकास लघुवित्तले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको । जसमा १४ दशमलव २५ प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजनार्थका लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फस्र्ट माइक्रोफाइनान्सले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये ७ दशलमव ५० प्रतिशत बोनश शेयर र ७ दशलमव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

धौलागिरी लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये १४ दशलमव २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको हो भने कर प्रयोजनका लागि ० दशलमव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ७३६९ प्रतिशत लाभांश दिने भएको छ ।

विकास बैंक
हालसम्म ७ विकास बैंकले लाभांश घोषणा गरेका छन् । हालसम्म शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक,गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक,लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका हन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३दशमलव १६ रुपैयाँको कुल ११ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १० दशमलव ५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७३७।३८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१.४४ रुपैयाँ बराबरको नगद लाभांश छ ।

मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ दशलमव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २६३ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

महालक्ष्मी विकास बैंकले कूल ६ दशलमव ४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बै।कले बोनश वितरण नगरी नगद मात्रै वितरण गर्ने निर्णय गरेको छ । गरिमा विकास बैंकले कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये बैंकले ९ दशलमव ५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने कर प्रयोजनका लागि ० दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

मुक्तिनाथ विकास बैंकले गत आथिृक वर्षको नाफाबाट कुल १० दशलमव २६३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले ९ दशलमव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव ५१३२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । लुम्बिनी विकास बैंकले८ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ जसमध्ये ४ प्रतिशत बोनश शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

इन्भेष्टमेन्ट कम्पनी
४ इन्भेष्टमेन्ट कम्पनीले आर्थिक वर्ष २०७९ /८० को लागि लाभांश घोषणा गरेका छन् । इमर्जिङ नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हाथवे इन्भेष्टमेन्ट, हाइड्रोइलेक्टिसिटी कम्पनीले लाभांश घोषणा गरेका हुन् । इमर्जिङ नेपालले गत आर्थिक वर्षको मुनाफाबाट ८ दशमलव ४२११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४ दशमलव २१०५ प्रतिशत लाभांश दिने भएको छ ।

त्यस्तै, हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव ५२६ प्रतिशत नगद लाभांश वितरण गरेको छ । हाइड्रोइलेक्टिसिटी कम्पनीले ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

उत्पादन तथा प्रशोधन समुह
आर्थिक वर्ष २०७९ ८० को लागि ८ उत्पादन तथा प्रशोधन समुहले लाभांश घोषणा गरेका छन् । बोटलर्स नेपाल तराईले आफ्ना शेयरधनीलाई गत वर्षको मुनाफाबाट ६० प्रतिशत नगद लाभांश दिने भएको छ । त्यस्तै, मारुती सिमेन्टले आफ्ना शेयरधनीलाई १० प्रतिशत र यूनिलिभर नेपालले १५ सय ८० नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । हिमालयन डिष्टिलरीले १० प्रतिशत बोन शेयर र कर प्रयोजनका लागि समेत गरी १५ प्रतिशत गरी कुल २५ प्रतिशत लाभांश दिने भएको छ । नेपाल ल्यु आयलले २५ प्रतिशत बोनश शेयर ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने भएको छ ।

शिवम् सिमेन्टले १४ दशमलव २५ प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि ० दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्नेछ । घोराही सिमेन्टले १५ प्रतिशत बोनश शेयर दिने भएको छ । लक्ष्मी स्टिलले १४ दशलमव २५ प्रतिशत बोनश र ५ दशलमव २६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

हाइड्रोपावर कम्पनी
गत आर्थिक वर्षको नाफाबाट हालसम्म १४ हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोशन शेयर र कर प्रयोजनको लागि ० दशलमव ५२६३ नगद गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल हाइड्रो डेभलोपरले ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सेञ्चुरी इनर्जीले १० प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ । चिलिमे हाइड्रोले १० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्नेछ ।

त्यस्तै, भगवती हाइड्रोपावरले १० दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । मन्दकिनी हाइड्रोपावरले ४ दशलमव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव २५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बुटवल पावरले ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

रुरु जलविद्युत कम्पनीले १० दशलमव ५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ । विन्ध्यावासीनी हाइड्रोपावरले ५ दशमलव २६ प्रतिशत नगद लाभांश, सेक्लेस हाइड्रोले ६ प्रतिशत नगद लाभांश, सुपर मादी हाइड्रोले २ प्रतिशत नगद लाभांश, राद्यी विद्युत कम्पनीले ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव २५ प्रतिशत नगद लाभांश, कालिका पावरले १० प्रतिशत बोनश र कर प्रयोजनका लागि ० दशमलव ५प्रतिशत नगद लाभांश दिने भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

57%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS