SKIP THIS

MLBL
IME Life
Beema Board

बुक बिल्डिङबाट मात्रै आइपीओ ल्याउन लेखा समितिको निर्देशन, प्रिमियममा अनुमति दिँदा तजबिज अधिकार प्रयोग भएको ठहर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बुक बिल्डिङ प्रक्रियाबाट मात्रै आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ।

समितिको बिहीबार बसेको बैठकले धितोपत्र बोर्डलाई यस्तो निर्देशन दिएको हो। ‘अहिले धितोपत्र बोर्डले नियम संशोधन गरी कम्पनीको पुनःमूल्यांकन गरी मूल्य बढाएर प्राथमिक शेयर (आइपीओ) जारी गर्ने प्रयोजनका लागि नेटवर्थमा गणना गर्न पाउने बनाएपश्चात लिक्विडेसनमा जान लागेका कम्पनीले पनि आफूखुसी मूल्यांकन बढाएर आइपीओ जारी गर्न थालेको देखिन्छ’, समितिको निर्देशनमा भनिएको छ, ‘तसर्थ समितिको यो बैठक लगानीकर्ताको प्रतिस्पर्धाबाट मूल्य निर्धारण गरिने बुक बिल्डिङ प्रक्रिया अवलम्बन गर्न र पुनःमूल्यांकन नगरी रियल नेटवर्थ ९० प्रतिशतभन्दा बढी भएका कम्पनीहरुलाई मात्रै आइपीओ जारी गर्न दिने गरी कार्य सम्पादन गर्न धितोपत्र बोर्डलाई निर्देशन गर्दछ।’

Prabhu
Crest

अधिकांश कम्पनीहरुले पछिल्लो समय प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रक्रियालाई प्राथमिकता दिएकोमा समितिको ध्यानाकर्षण भएको छ। ‘यसको असर दोस्रो बजारमा परेको पनि देखिन्छ’, समितिले भनेको छ, ‘प्रिमियममा आइपीओ जारी गर्न दिँदा तजबिज अधिकार प्रयोग गरेको देखिन्छ।’

प्रिमियममा आइपीओ कति औचित्यपूर्ण थिए, गैरकानुनी थियो कि थिएन भन्ने विषयमा छानबिन गरी निष्कर्षमा पुग्न र छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित पदाधिकारीलाई कानुनबमोजिम कारबाही प्रक्रियामा लैजान पनि समितिले निर्देशन दिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS