SKIP THIS

MLBL
IME Life
Beema Board

ह्याम्स हस्पिटल सहित तीन कम्पनीले आइपीओ विक्रीका लागि बोर्डसँग मागे अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ह्याम्स हस्पिटल, लाफिङ्ग बुद्ध पावर नेपाल र रिज लाइन इनर्जीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दुई कम्पनीले पुस महिनामा मै आइपीओको अनुमति माग गरेका हुन् भने एक कम्पनीले मंसिरमा निवेदन दिएको हो ।

हस्पिटल क्षेत्रमा आइपीओ निष्काशनका लागि आवेदन दिने ह्याम्स हस्पिटल पहिलो बनेको छ । कम्पनीले ३२ करोड ४० लाख रुपैयाँ बराबरको ११ लाख २५ हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले पुस ६ गते निवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्नेछ ।

Prabhu
Crest

लफिङ्ग बुद्ध पावरले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६५ करोड ७७ लाख रुपैयाँ बराबरको ६५ लाख ७७ हजार कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ । कम्पनीले पुस २ गते निवेदन दिएको हो ।

रिज लाइन इनर्जीले ५८ करोड ४ लाख २० हजार १ सय रुपैयाँ बराबरको ५८ लाख ४ हजार २०१ कित्ता आइपीओ विक्रीका लागि बोर्डमा अनुमति मागेको हो । कम्पनीले मंसिर २५ गते निवेदन पेश गरेको हो । आइपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS