IME Life
GBIME

बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण, प्रस्ताव पेस गर्न आह्वान

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।

प्राधिकरणले पुस ६ गते एक सूचना प्रकाशित गर्दै विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्नेबारे जानकारी गराएको हो। इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी ७ दिनभित्र सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ।
पेस हुन आएका सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुने प्राधिकरणले स्पष्ट पारेको छ।

Crest

प्राधिकरणले मुद्दति निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिमपटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा–नोक्सान, बैंकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा–निक्षेप अनुपात, स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोषजस्ता विवरण बैंकहरुले पेस गर्नुपर्ने जनाएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS