IME Life
Beema Board

सिटिजन लाइफद्धारा एकैदिन घातक रोग र मृत्यु दाबी रकम हस्तान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग र मृत्यु वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विजुवार शाखाले घातक बापत र मृत्यु बापत १० लाख र १४ लाख रुपैयाँ बीमितहरुलाई हस्तान्तरण गरेको हो ।

शनिवार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विजुवार शाखाले एक कार्यक्रम गरी प्युठान नगरपालिका २ साढेखोला निवासी स्तन क्यान्सर पिडित तुलसा कुवरलाई र झिमरुक गाउँपालिका २ बादिकोट निवासी जयाँन्ता एम्सीले बैदेशीक रोजगार सम्बन्धि विमा गरेको अहिले एम्सीको मृत्यु हुदा प्युठान नगरपालिका २ का वडा अध्यक्ष मोहोन सिंह बिष्ट , ४ न.को वडा अध्यक्ष रेशम कार्की , क्षेत्रिय शाखा प्रबन्धक लक्ष्मण मरासिनी तथा लिडरहरुका उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेको विजुवार शाखा प्रमुख दिनेश कार्कीले जानकारी दिए ।

Prabhu
Crest

प्युठान नगरपालिकामा २ साढेखोला निवासी तुलसा कुवरले २०७८ साल देखी सिटिजन लाइफको विजुवार शाखाबाट १० लाखको बिमा खरिद गरी तिन किस्ता सम्मको रकम ७२ हजार २सय ५६ रुपैयाँ बीमा बुझाएकी थिइन् ।

त्यस्तै झिमरुक गाउपालिका २ बाधिकोट निवासी जयान्त एमसीको श्रीमान रोजगारको लागी विदेश जादा बैदेशिक स्वरोजगार सम्बन्धि बीमा गरेका थिए । उनको मृत्यु दाबी बीमा प्रतिनिधित्व उर्मिला एमसीलाई हस्तान्तरण गरेको सिटिजन लाइफ इन्स्योरेन्स विजुवार शाखाले जनाएको छ ।

क्षेत्रीय शाखा प्रवन्धक लक्ष्मण मरासिनीले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिना बिल नै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।

बीमित तुलसा कुवरले बिना झन्झट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थीक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरिन् । साथै उनले उपस्थित समयमा नै बीमा गर्ने सल्लाह समेत दिइन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले आर्थिक जोखिमको सुरक्षाको लागि जीवन बीमा अपरिहार्य रहेकोले आफ्नो क्षमता अनुसारको बीमा गर्नुपर्ने बताए । साथै २ नं वडावासीहरुलाई पनि बीमा सम्बन्धि जनचेतना फैलाउने समेत अध्यक्ष बिष्टले भनाई राखेका थिए ।

त्यस्तै ४ नं वडाअध्यक्ष रेशम कार्कीले पनि बीमा सम्बन्धि आर्थिक अवस्थामा बलियो रहेको थाहा भएको र गराएको बताउदै अवको समयमा न्युन अवस्थामा रहेको वडाबासीहरुलाई पनि पहल गर चेतना गराउने बताएका छन ।

कार्यक्रममा क्षेत्रीय शाखा प्रवन्धक लक्ष्मण मरासिनी, बिजुवार शाखा प्रबन्धक दिनेस कार्की , सिटिजन स्टार, एजेन्सी म्यानेजर लगायत अन्य एजेन्सीहरुको उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS