IME Life
Beema Board

लुम्बिनी विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंकले १६ औँ वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको बुधबार (पुस ४ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुस २६ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजे आयोजना गर्ने निर्णय गरेको हो।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ८.५ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ४ प्रतिशतले हुन आउने बोनस शेयर र ४.५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) छन्।

सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेसम्म कायम शेयरधनीहरु यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS