SKIP THIS

MLBL
IME Life
Beema Board

आइपिओको तयारीमा रहेको ह्याम्स अस्पतालको क्रेडिट रेटिङ, नगद प्रवाहको उच्च जोखिम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मण्डीखाटार हाइटमा अवस्थित हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी लिमिटेड(ह्याम्स हस्पिकेयर)ले प्राथमिक शेयर निष्काशनका लागि क्रेडिट रेटिङ पाएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले आइपिओ निष्काशनका लागि इक्रा एनपि त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ। यस्तो रेटिङ प्राप्त स‌ंस्थाले वित्तीय दायीत्व तोकिएको समयमै बहन गर्न सक्नेमा मध्यमस्तरको सुरक्षा रहेको अवस्थालाई जनाउँछ। अस्पतालले रू. १०० अंकित मूल्यमा ११ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ। चुक्ता पूँजीको १५ प्रतिशत रकम सर्वसाधारणबाट जुटाउने योजना रहेको छ। शेयर निष्काशन प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

Prabhu
Crest

अस्पतालको पूँजी बिस्तारका लागि स‌ंस्थापक शेयरधनीले स्वपूँजी लगानी गर्नुको साटो मुनाफाबाट प्राप्त रकम, आपूर्तीकर्ताबाट प्राप्त उधारो रकम हालेर पूँजीगत खर्चको व्यवस्थापन गरेका छन् । यसले अस्पतालको नगद प्रवाहमा नकारात्मक प्रभाव पारेको टिप्पणी गर्दै रेटिङ एजेन्सी इक्रा नेपालले प्रस्तावित आइपिओको समयमै निष्काशन सम्पन्न भएर थप पूँजी जुटाउने सक्षमताले अस्पतालको वित्तीय अवस्थामा प्रभाव पार्नेछ भन्ने टिप्पणी गरेको छ।

पर्याप्त नगद प्रवाहको अभावमा गत आवको अन्त्यमा अस्पतालको चालू अनुपात(करेण्ट रेसियो) ०.६५ गुणामा सीमित रहेको थियो । चालू अनुपातले चालू दायीत्व वहनका लागि स‌ंस्थासँग उपलब्ध रहेको चालू पूँजीको अनुपातलाई जनाउँछ। वित्तीय सन्तुलनका हिसाबले यस्तो अनुपात कम्तीमा १ गुणा हुनुपर्छ। आव २०७७।७८ देखि  २०७९।८० सम्ममा कूल ५१ करोड ६० लाख रुपैयाँ पूँजीगत खर्च गरेको अस्पताल व्यवस्थापनले ऋण पूँजी र स‌ंस्थापक पूँजी दुबै नथपेकाले नगद प्रवाह कस्सिलो भएको छ। यसले अस्पताललाई चालू दायीत्व पुरा गर्नका लागि दबाब परेको अवस्थामा कुनै पनि बेला यसको सञ्चालकहरु अप्ठेरोमा पर्न सक्ने जोखिमलाई स‌ंकेत गरेको छ। ऋण पूँजीको थोरै प्रयोगले ब्याज खर्चको भार कम गर्न भने मद्दत गर्छ। अस्तपालले आपूर्तीकर्तालाई ४२ दिनमै उधारो चुक्ता गर्दै आएकोमा अहिले यो अवधि लम्बिएर ९१ दिन पुगेको छ। यसले अस्पताललाई नगद प्रवाह व्यवस्थापन गर्न दबाब पर्दै गएको प्रष्ट स‌ंकेत गर्छ।

अस्पतालले बै‌ंक ऋणबाट २ करोड रूपैयाँ अल्पकालीन र ८५ करोड ३७ लाख ४० हजार रुपैयाँ दीर्घकालीन कर्जा समेत उपभोग गरिरहेको छ। अल्पकालीन कर्जाका लागि इक्रा एनपि एथ्री र दीर्घकालीन कर्जाका लागि एल त्रिपल बी माइनस रेटिङलाई इक्रा नेपालले निरन्तरता दिएको छ।

बिरामीको चापसँगै कारोबार र नाफा पनि घट्योः

अस्पतालमा उपचारका लागि भर्ना हुन आउने बिरामीको स‌ंख्या पछिल्लो समयमा घटेसँगै कारोबारबाट प्राप्त आम्दानी पनि खुम्चिएको छ। रेटिङ एजेन्सीका अनुसार अघिल्लो आवमा ६४ प्रतिशत शैय्या क्षमताको उपयोग भएकोमा गत आवमा जम्मा ४७ प्रतिशतमा सीमित रह्यो । हेलिप्याड सुविधा सहितको यो अस्पतालले आर्थिक वर्ष २०७९।८० मा १ अर्ब ३९करोड ६० लाख रुपैयाँ बराबरको कारोबार आम्दानी गरेको थियो । अघिल्लो आवमा यसको कारोबार १ अर्ब ५५ करोड ३० लाख रुपैयाँ थियो ।  आव २०७५।७६ मा  जम्मा ३७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको यो अस्पतालले पाँच वर्षको अवधिमा सुविधा थपेसँगै कारोबार आम्दानीलाई साढे दुई गुणाभन्दा बढी अन्तरले वृद्धि गर्न सफल भएको छ ।

अस्पतालले गत आर्थिक वर्ष २०७९।८० मा २५ प्रतिशत सञ्चालन मुनाफा कमाएको छ। यो मार्जिन अघिल्लो आवको ३४ प्रतिशतको तुलनामा ९ प्रतिशतले घटी हो । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार अघिल्लो आवमा कोरोना महामारीका बिरामीको उपचार सेवाबाट प्राप्त आम्दानीका कारण कारोबार र सञ्चालन मुनाफा दुबै बढेको थियो ।

१०० शैय्या क्षमताको अस्पतालले बहु विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। अनुभवी र विशेषज्ञ चिकित्सकहरु टोलीलाई टिकाउने र थप चिकित्सकलाई सहभागी गराउने क्षमताले अस्पतालको सफलता निर्भर रहने इक्रा नेपालले टिप्पणी गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS