IME Life
Beema Board

नेप्सेमा ३५ अंकको बृद्धि, ७ अर्बको कारोबार हुँदा १६१ कम्पनीको मुल्य बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजमरमा हरियाली छाएको छ । आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ३९ अंकले बढेर २,१४१ दशलमव ८७ को विन्दुमा कायम भएको छ । आज होटल्स एण्ड टुरिजम र निर्जीवन बीमा उपसूचक बोहक सबै बढेका छन् । आज १६१ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०६ वटा कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता शेयर किनबेच हुँदा ७ अर्बमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटल्सको २४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २० करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको १८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै ११ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज ११ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज बोटलर्स नेपाल वालाजू, हिमालयन डिष्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, लिवर्टी इनर्जी, एनआरएन लगायत ११ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउका हुन् । चार कम्पनीक ालगानीकर्ताले ९ दशलमव ६० प्रतिशतभन्दा बढीले कमाएका हुन् ।

आज सवैभन्दा धेरै कुमारी धनबृद्धि योजनका लगानीकर्ताले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशलमव ८२ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS