IME Life
Beema Board

नबिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज पुस ३ गते अन्तिम दिन रहेको छ।

बैंकले गत मंसिर २९ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन खुला गरेको थियो। यो ऋणपत्रमा लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।

Prabhu
Crest

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका कुल ३० लाख इकाइ भएको ‘नबिल डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो। बैंकले कुल ३० लाख इकाइ ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख इकाइ सर्वसाधारणलाई र १ अर्ब ८० करोड रुपैयाँबराबरको १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएको छ।

सर्वसाधारणलाई छुट्याइएको १२ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात् ६ करोड रुपैयाँबराबरको ६० हजार इकाइ सामूहिक कोषका लागि समावेश गरिएको छ । सर्वसाधारणले न्यूनतम २५ इकाइदेखि अधिकतम १२ लाख इकाइसम्म लगानी गर्न सक्नेछन्।

यो ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

यो ७ वर्षे ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन्।

नबिल बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS