SKIP THIS

MLBL
IME Life
Beema Board

प्राधिकरणको कर्णाली प्रदेश कार्यालयद्धारा दुई गाँउपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका र जाजरकोटको कुशे गाँउपालिकामा नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले बीमा सम्बन्धी जनचेतनामुलक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले गत मंसिर २९ गते रुकुमपश्चिमको बाँफिकोट गाँउपालिका र मंसिर ३० गते जाजरकोटको कुशे गाँउपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बाँफिकोट गाँउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जनक कुमार बाठा मगरले बीमाका कार्यक्रमहरुलाइ पालिकाले अगाडि बढाउन चाहेपनि पालिकासम्म बीमा कम्पनीको उपस्थिति नभएको गुनासो गरेका छन् । “जीवन बीमा गर्न अभिकर्ताहरु बेलाबेला देखिने गरेतापनि बालि,पशुवस्तु तथा सम्पत्तिको बीमा गर्न भने किसान पनि उत्सुक नदेखिने र बीमा सेवा प्रदायकको पनि उपस्थिती नरेकोतर्फ पनी प्राधिकरणले पहल गर्नुपर्छ” उनले भने, यस क्षेत्रका नागरिकको नजिकको सरकारले यस्ता किसिमका कार्यक्रम संचालन गरी जोखिम व्यवस्थापन गर्न आफु सधै तयार रहेको र उक्त कार्य गर्न बीमा प्राधिकरणसँग सहकार्य र हालेमालो गर्ने समेत अध्यक्ष बाठाले बताए ।

Prabhu
Crest

कार्यक्रममा सहभागिहरुले कृषि तथा पशुपन्छी बीमामा रहेका समस्याहरुको बारेमा प्रश्न राखेका थिए । सहभागिका जिज्ञासाहरुलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीले तिनै समस्यालाई समाधान गर्न प्राधिकरणले पहल गरिरहेको र बीमा सम्बन्धी जनचेतना अभिवृद्दि गर्न पालिकाका जनप्रतिनिधिको भुमिका उल्लेखनिय रहने भएकाले बीमाबारे सर्वप्रथप जनप्रतिनिधिले बुझ्न आवश्यक रहेको बताए ।

कार्यक्रमको अध्यक्षता गरेका बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम सोडारीले बीमा सम्बन्धी कुनै समस्या भएमा प्राधिकरणमा जानकारी गराउन आग्रह गरेका थिए ।

त्यस्तै जाजरकोटको कुशे गाँउपालिकका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हरिचन्द्र बस्नेतले भुकम्प लगायतका प्राकृतिक प्रकोपका कारण भैतिक संरचना तथा मानविय क्षति हुने गरेकाले त्यस्ता जोखिमलाई न्युनिकरण गरी वित्तीय सहायता प्राप्त गर्न बीमा आवश्यक रहेको कुरा औल्याए । “कर्णाली प्रदेश सरकारले दुरगामी सोचका साथ अगाडि बढाएको प्राकृतिक प्रकोप दुर्घटना बीमाले कारण कार्तिक १७ मा भुकम्पमा परी ज्यान गुमाएका मृतकका परिवारले प्रति मृतक रु २ लाख प्राप्त गरेका छन ।

यस्ता कार्यक्रम आफ्नो पालिकाले समेत कार्यान्वय गर्न तयार छ ।” स्थानिय सरकारको उपस्थित हुने गरी जनता समक्ष सुरक्षाको प्रत्याभुति गराई बीमा सम्बन्धी नीति तथा कार्यक्रम लागु गर्न सकेमा आर्थिक विकासमा समेत टेवा पुर्‍याउन सकिने कुरा अध्यक्ष बस्नेतले उल्लेख गरे ।

त्यस्तै उक्त पालिकाका उपाध्यक्ष देविका कुमारी सिंहले प्राधिकरणले संचालन गरेको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रमले आम जनप्रतिनिधिसमेत सचेत भएको र बीमाको महत्व आम सर्वसाधारणले बुझ्ने गरी ग्रामिण स्तरका तल्लो तहका जनतासम्म पुग्नुपर्ने बताए ।

उक्त कार्यक्रमको छलफलसत्रमा सहभागिहरुले बीमा सम्बन्धी आधारभुत कुराहरुका सम्बन्धमा प्रश्न तथा जिज्ञासा राखेका थिए । उक्त जिज्ञासा सम्बोधन गर्दै बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख सोडारीले बीमाबाट धनि तथा सम्पन्न बर्गमात्र लाभाम्वित हुने गरेको तर दुर दराजमा रहेका ग्रामिण जनताले बीमाको लाभ प्राप्त गर्न नसकेकाले प्राधिकरणले ग्रामिणस्तर लक्षित कार्यक्रमहरु सचालन गर्दै आईरहेको बताए ।

कार्यक्रममा बीमा सम्बन्धी विषयवस्तुहरु समेटियको प्रस्तुतिकरणका साथै जनचेतनामुलक भिडियो क्लिपसमेत प्रस्तुत गरिएको थियो । सम्बन्धित गाँउपालिकाकै हलमा सम्पन्न गरिएको उल्लेखित कार्यक्रमहरुमा पालिकाका अध्यक्ष, उपाध्यक्ष, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, अगुवा किसान, कृषक, शिक्षकहरु तथा गाँउपालिकाका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक निर्देशक विनोद भुसालले गरेका थिए ।

ग्रामिण स्तरसम्म बीमाको पहुँच तथा दायरा विस्तार गरी आम नागरिकलाई बीमामा आवद्ध गर्न नेपाल बीमा प्राधिकरणले अभियानकै रुपमा विभिन्न तहका सरकार तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गर्दे आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS