IME Life
GBIME

हिमालयन डिष्टिलरीको २३औं वार्षिक साधारण सभा पुस २५ गते हुने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुस २५ गते २३औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्ज, पर्सामा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

यस वर्ष कम्पनीले कुल २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको अधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

1702880469047 (1)

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS