IME Life
Beema Board

एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त, लिइन् सपथ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया लघुवित्तको स्वतन्त्र संचालकमा सरिता गौतम नियुक्त भएकी छिन् । यस संस्थाको पुस १ गते, सोमबारका दिन साँझ बसेकोे सञ्चालक समितिको बैठकले संस्थामा रिक्त रहेको संस्थाको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन–०२, काठमाडौँ निवासी सरिता गौतमूलाई नियुक्त गरेको हो ।

नवनियुक्त स्वतन्त्र सञ्चालक श्री सरिता गौतमले पुस १ गते प्रचलित कानून तथा नियमानुसार संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेकी हुन् । करिब १० वर्षको विभिन्न क्षेत्रहरुमा कार्यानुभव रहेकोसरिता गौतम नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत थिइन् ।

Prabhu
Crest

यस संस्थाका प्रमुख कार्यकारी अधिकृत, लक्ष्मण चालिसेज्यूले उच्चतम अनुभव प्राप्त व्यक्तिलाई १९५औँ सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोमा खुशी प्रकट गर्दै स्वागत गरेका थिए । साथै, नवनियुक्त स्वतन्त्र सञ्चालकको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जनाए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS