IME Life
Beema Board

बैंकहरुको निक्षेप ६० खर्ब नाघ्यो, कर्जा प्रवाह कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा ६० खर्ब निक्षेप नाघेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ। यो तथ्यांक गत मंसिर २८ गतेसम्मको हो। अघिल्लो दिन मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब ९५ अर्ब रुपैयाँ रहेको थियो। यो १ दिनमा बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

Prabhu
Crest

मंसिर २८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४९ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जुन अघिल्लो दिनको तुलनामा ३ अर्ब रुपैयाँले बढी हो। मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा प्रवाह ४९ खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो।

मंसिर २८ गतेमा बैंकहरुको औसत सीडी रेसियो सामान्य घटेर ८०.३६ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८०.४२ प्रतिशत थियो।

बैंकको अन्तरबैंक ब्याजदर भने २.६२ प्रतिशत रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS